3 years ago
August 25, 2022
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल भलिबल संघका सचिव मनबिर छन्त्यालले झण्डै दुई सातापछि हुने निर्वाचनमा महासचिवमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
सदस्य हुँदै बागमती प्रदेश सचिवको जिम्मेवारी सम्हालिरहेका छन्त्याल महासचिवमा उम्मेदवारी घोषणा गर्ने पहिलो बनेका छन् । केहि साता अघि उपाध्यक्ष निरोज मास्केले उम्मेदवारी घोषणा गर्दा छन्त्याल कार्यक्रम सञ्चालक थिए । त्यसका आधारमा पनि मास्के र छन्त्याल एउटै प्यानलबाट निर्वाचन लड्ने तयारीमा रहेको धेरैको अनुमान छ ।
बिहीबार पत्रकार सम्मेलनमार्फत छन्त्यालले उम्मेदवारीको घोषणा गर्ने क्रममा भने, ‘एक पद एक ग्राउण्ड, एक रेफी एक प्रतियोगिता एक कोच एक टीम, भलिबलमा विगतका राम्रा हरेक गतिबिधिलाइ समेटदै पारदर्शिता निश्पक्ष, संस्थागत विकास, व्यवस्थापकीय सुधार, खेलको ब्याबशायीकरण विगतका दिनदेखि आजसम्म आइपुग्दा मेरो आज भलिबल सँग नङ्ग र मासुको सम्बन्ध जति छ त्यति नै सम्बन्ध रहेको छ ।’
ढोरपाटन महिला लिगका संस्थापक अध्यक्ष समेत रहेका छन्त्यालले आफू सानै उमेरदेखि भलिबल खेल्न थालेको स्मरण गर्दै अगाडि भनेका छने, त्यति बेला देखि नै ग्राउड बनाउने खेल आयोजना गर्न एवम हाइ स्कुल हुदै क्याम्पस पछि क्बल र त्यस पश्चात संघको सदस्य, सचिव सम्म आयपुग्दा भलिबल खेलको बारेमा कण कण अनुभव छ ।’
भलिबल खेललाई कसरी विकास गर्न सकिन्छ भन्ने बारे आफूसँग अनुभव रहेको जनाउँदै उनले भने, भलिबलले जुन तरिकाले गति लिइ राखेको छ त्यसमा मेरो पनि मिहिनेत परेको छ । जसमा टिकट सिस्टम, ब्याबसायिक ग्राउण्ड लिग सिस्टम, भलिबलमा नगद पुरस्कारको व्यवस्था मैले नै शुरु गरेको हो ।’
भलिबल संघको निर्वाचन भदौ २२ गते काठमाडौंमा हुँदैछ । अध्यक्षमा मास्के र महासचिवमा छन्त्यालबाहेकले अन्य कुनै व्यक्तिले औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका छैनन् । महिला भलिबल लिगमा ४५ वटा स्कुटीबाट खेलाडीलाई पुरस्कृत गरेको सम्झना गराउँदै छन्त्यालले आफूले खेल जीवनमा एउटा पुरुष बीच भलिबल २ वटा अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा भाग लिएको बताएका छन् । खेलाडी, रेफ्री, प्रशिक्षक, आयोजकसँगै भलिबलमा व्यवस्थापनको पनि आफूसँग अनुभव रहेको उनको दाबी छ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]