default_image

3 years ago

September 23, 2022

गुर्जेमा बडा दशै महाभिडन्त रेस्लिङ हुने

248 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल रिङ रेस्लिङ संघ नुवाकोट जिल्ला समितिले अर्को साता बडा दशै महाभिडन्त रिङ रेस्लिङ प्रतियोगिता आयोजना गर्ने भएको छ । शिवपुरी गाँउपालिकाको सह आयोजनामा असोज १५ गते नुवाकोटको गुर्जेस्थित कालिका माविमा रेलिङ प्रतियोगिता आयोजना हुने नेपाल रिङ रेस्लिङ संघकी महासचिव सुवर्ण श्रेष्ठले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइन् ।

झण्डै १२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगितामा चर्चित ५ विधामा प्रतिस्पर्धा गराइने बताइएको छ । हेभि वेट विधाको विजेताले १ लाख ५० हजार, ट्रिपल थ्रेट विजेताले ७५ हजार, ट्याग टिम विजेताले ८५ हजार, लाइटवेट (महिला) विजेताले ६५ हजार, लाइटवेट (पुरुष) विजेताले ५५ हजार रुपैयाँसहित बेल्ट प्राप्त गर्नेछन् ।

प्रतियोगितामा नुवाकोटे टाइगर, डेभिड, चट्टान, साइन, टुप्पी ग्याङ, जोन, सिजे वल्र्ड, बाका, तन्नु, आकृति, स्पाइडरम्यानस्, एक्स हिरो, सुजल, किङ रोवर्टलगायतका नेपालका प्रख्यात रेस्लरहरुको भिडन्त हुने जनाइएको छ । प्रतियोगिता असोज १५ गते दिउँसो १ बजे सुरु हुने बताइएको छ ।

शिवपुरी गाँउपालिकाका अध्यक्ष गोविन्द प्रसाद थपलियाले रेस्लिङले पयर्टन प्रबद्धनमा सहयोग पुग्ने भएकाले पालिकाले सहयोग गरेको बताए । ‘यो खेलले यस क्षेत्रको मात्र नाई देशकै पयर्टन व्यववसाय माथि उकास्ने विश्वास लिएका छौं, उनले भने,‘ यसले अन्तर्राष्ट्रिय स्तरमा देशलाई चिनाउनेछ ।’

शिवपुरी गाँउपालिका वडा नं ६ ले पनि प्रतियोगितामा आर्थिक सहयोग गरेको छ । पत्रकार सम्मेलनमा शिवपुरी गाँउपालिकाका उपाध्यक्ष वीरबहादुर तामाङ, वडा नं ६ का अध्यक्ष विष्णु श्रेष्ठ, कालिका माविका प्रधानध्यापक कृष्णकुमार श्रेष्ठलगायतको उपस्थिति थियो ।

December 19, 2025

एनओसीबाट १४ खेलाडीलाई छात्रवृत्ति प्रदान

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) ले एलए ओलम्पिक, एसियाली खेलकुद र युथ ओलम्पिकका गरि १४ खेलाडीलाई छात्रवृत्ति प्रदान गरेको छ। सन् २०२८ मा हुने एल‌ए ओलम्पिक‌का लागि विभिन्न ८ खेलका समान खेलाडीले छात्रवृत्ति प्राप्त गरेका छन्। एल‌ए ओलम्पिक‌सम्मका लागि तयारीका लागि मासिक १ हजार १ सय २५ अमेरिकी डलर प्राप्त गर्नेछन्। यसरी ओलम्पिक […]

December 18, 2025

ह्विलचेयर रग्बीमा बिआइए इन्स्टिच्युट विजयी

काठमाडाैं (हाम्रो खेलकुद)- आयोजक बिआइए इन्स्टिच्युटले पहिलोपटक आयोजना भएको ह्विलचेयर रग्बी मैत्रीपूर्ण प्रतियोगिताको उपाधि जितेको छ। बौद्धस्थित डाउनटाउनमा बिहीवार भएको खेलमा बिआइएले स्पाइनल इन्जरी संघ नेपाललाई ५-३ स्कोरले हराउँदै उपाधि हात पारेको हो। गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५, नेपाल रग्बी संघ तथा नेपाल स्पाइनल कर्ड इन्जरी संघको सहयोगमा सम्पन्न यो प्रतियोगिता नेपालमा ह्विलचेयर रग्बी खेलको […]

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

Success

Thank you for your time.