default_image

3 years ago

October 1, 2022

सागका दोहोरो स्वर्ण पदक विजेता सुभाषलाई घर हस्तान्तरण

513 views

0 Bookmark

ललितपुर (हाम्रो खेलकुद)– दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण पदक विजेता गल्फ खेलाडी सुभाष तामाङका लागि नेपाल गल्फ संघले पहलमा घर निर्माण सम्पन्न भएको छ ।

संघका अध्यक्ष टासी घलेसहितका पदाधिकारी टोलीले ललितपुर क्षेत्र नं १ कोन्ज्योसोम गाँउपालिका वडा नं ५ भारदेउमा सुभाषकै पैतृक जग्गामा तयार भएको घर शनिबार सुभाषसहित उनको परिवारलाई हस्तान्तरण गरिएको छ । झण्डै दुई आनामा बनेको घरमा तीन तीन कोठा र भान्सा छ । घर डेढ महिनामा तयार भएको बताइएको छ । घर निर्माणका लागि आर्थिक संकलन गर्ने उद्देश्यका साथ संघले वैशाखमा च्यारिटी गल्फ आयोजना गरेको थियो । च्यारिटीबाट १५ लाख रुपैयाँ भन्दा बढी संकलन भएको संघले जनाएको छ ।

झण्डै तीन वर्षअघि स्वदेशमा आयोजना भएको १३ औं सागमा व्यक्तिगत र समूह टिम (सुभाष, शुक्रबहादुर राई, निरज तामाङ र टंकबहादुर कार्की) मा स्वर्ण पदक जितेका थिए । सागमा इतिहासमा दोस्रो पटक गल्फ समावेश भएको थियो । त्यसमा स्वर्ण पदक जित्ने सुभाष पहिलो नेपाली खेलाडी बनेका थिए ।

सागको सफलतापछि सुभाषले आमाबाबुका लागि घर र भाई अर्जुनलाई राम्ररी पठाउने इच्छा रहेको बताए थिए । गल्फ संघले सुवासकै इच्छा अनुसार घर निर्माण गरिदिएको हो । भाई अर्जुनले पनि गल्फ संघकै पहलमा गल्फ संघका महासचिव सिबी भण्डारीको काठमाडौ बाफलस्थित साइरिएस इङ्लिस बोर्डिङ स्कुलमा अध्ययन गरिरहेका छन् । निम्नमा आए भएको परिवारका लागि पक्की घर बनाउन सपना पूरा गर्न सम्भव थिएन । बल ब्वाइ हुँदै गल्फका एमेच्योर खेलाडी बनेका सुभाषले देशको नाम उचो उनको सपना पूरा गर्न गल्फ संघले पहल लिएको थियो ।

सुभाषले घर ग्रहणपछि गल्फ परिवारलाई धन्यवाद दिए ‘गल्फ संघले गरेको च्यारिटी गल्फमा भाग लिने सबैलाई, गल्फ संघ र गल्फ परिवारलाई धन्यवाद ।’ ‘भाईलाई बोर्डिङ स्कुलमा पढाउने र बाबुआमाको लागि पक्की घर बनाउने उनको सपना थियो । हामीले त्यहि पूरा गर्न पहल गरेका हौं,’ संघका अध्यक्ष घलेले भने,‘ भाग्यमानी पनि हुनुपर्ने रहेछ । धेरै खेलाडीलाई कोसिस गर्यौं । तर, छोटो समयमा सुभाषले राष्ट्रको लागि मेडल दिलाए । साफमा मात्र होइन एसियन गेम्स, ओलम्पिक पुर्याउनेसँगै व्यवसायिक गल्फर बनाउने सपना देखेका छौं । सायद उनले पूरा गर्न सक्छन् भन्ने विश्वास छ । घर निर्माणमा सहयोग गर्ने सबैलाई धन्यवाद दिन चाहन्छु ।’

गल्फ संघका युथ डाइरेक्टर आचार्यले सुभाषले प्रदर्शनमा सुधार गर्दै माथिल्लो स्तरमा पुर्याउँदै र १३ औं दुई स्वर्ण जितेको स्मरण गर्दै भने,‘ त्यसपछि उनलाई धेरै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गरायौं । अहिले पनि भारतमा रहेको एकेडेमीमा उनी वर्षमा ३० लाख रुपैयाँको छात्रबृतिमा प्रशिक्षण लिइरहेका छन् ।’

संघले सुभाषका बारेमा लिएको लक्ष्यका बारेमा आचार्यले भने, ‘अझै माथिल्लो स्तरमा जान सकुन् भन्ने हो । अबको सागपछि उनलाई व्यवसायिक खेलाडी बनाउने लक्ष्य छ । त्यसका लागि आवश्यक तयारी गरिरहेका छौं । सुवासको आफ्नै पनि लक्ष्य छ व्यवसायिक बन्नेछ ।’ नेपाल ओलम्पिक कमिटी (एनओसी) ले पनि छात्रबृति दिइरहेको छ ।

गल्फ संघका कोषाध्यक्ष कोषाध्यक्ष किसन अग्रवालका अनुसार घर निर्माणमा २४ लाख रुपैयाँ बढी खर्च भएको र फिसिङमा अझै केहि खर्च हुनेछ । घर निर्माणका लागि आयोजित च्यारिटी गल्फमा सहभागी ७४ खेलाडीले दर्ता शुल्क ५ हजार रुपैयाँ तिरेर सहभागी भएका थिए भने गल्फसँग सम्बन्ध अन्यले व्यक्तिगत रुपमा सहयोग गरेका थिए ।

घर निर्माणका क्रममा स्थानिय स्तरबाट सहयोगी भूमिका निर्वाह गरेका केन्ज्योसोम ५ का वडा अध्यक्ष विजय स्याङ्तानले सुभाषका कारण वडा र गाँउपालिकाकै नाम अन्तर्राष्ट्रिय स्तरमा चर्चा भएको बताए । सागमा स्वर्ण पदक जितेपछि मात्र उनको बारेमा गाँउलेले राम्ररी चिन्न थालेको पनि उनले स्मरण गरे । दशैपछि नयाँ घरमा सर्ने योजनामा रहेको सुभाषका बाबु उत्तम तामाङले बताए । अहिले उनको परिवार नयाँ घरको तल्लो पट्टी रहेको टहरामा बस्दै आएको छ ।

घर निर्माणका आर्थिक सहयोगीहरु

टासी घले, भाइराजा पाण्डे, विकास जंगबहादुर राणा, दीपक आचार्य, सुहृद घिमिरे, कालु घले, डा. रिता÷भेष थापा, चन्द्र टण्डन, आरआर पाण्डे, बिबि श्रेष्ठ, पभित्रा कार्की, किसन अग्रवाल,जेनेरल गुन्जमान लामा, मेजर इश्वरकान्त मैनाली, किशोर बस्न्यात, सुनिल कार्की, कृष्ण पुन, पिबी राई, रविन फुयाल, सोनाम एन लामा, पिके श्रेष्ठ, श्रीराम थापा, श्याम तामाङ, रविन्द्र सैनी, मेजर जनरल विजय मोक्तान, विष्णु कार्की, टेन्डी शेर्पा, नरेन्द्र रावल, दीपक कार्की, विनोद श्रेष्ठ, जेनेरल भिक्टर राणा ।

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

December 4, 2025

अर्जुनधारा महिला भलिबलमा पुलिसको जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]

Success

Thank you for your time.