default_image

3 years ago

December 31, 2022

सेन्ट्रल जोन बीच भलिबलको रजत विजेता दुवै टोली फर्कियो

215 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– एसियन सेन्ट्रल जोन सिनियर महिला र पुरुष बीच भलिबल च्याम्पियनसिपको रजत पदक विजेता दुवै नेपाली जोडी शनिबार स्वदेश फर्केको छ ।

नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दसहित पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खेलाडीको स्वागत गरेका थिए । महिलातर्फ कोपिला उप्रेती र कमला पुनको जोडी तथा पुरुषतर्फ मानबहादुर श्रेष्ठ र दिल सुनारको जोडीले बंगलादेशको कक्सबजारमा शुक्रबार सम्पन्न प्रतियोगितामा रजत पदक जितेको थियो ।

बिहीबार भएको महिलातर्फको फाइनलमा नेपाल पुलिस क्लबका कोपिला र कमलाको जाडी श्रीलंकाकी चथुरिका र दीपिकाको जोडीसँग २–० ले पराजित भएको थियो । शनिबार भएको पुरुषतर्फको फाइनलमा नेपाली सेनाका मानबहादुर र दिलको जोडी माल्दिभ्सका एडाम नासिम र स्लेमको जोडीसँग २–० ले नै पराजित भएको थियो ।

महिलातर्फ बंगलादेश र उज्वेकिस्तानको समान दुई टोली तथा नेपाल र श्रीलंकाको समान एक टोली गरी कुल ६ टोलीको सहभागिता रहेको थियो । पुरुषतर्फ आयोजक नेपालसहित माल्दिभ्स, आयोजक बंगलादेश, कीर्गिस्तान र भुटानको सहभागिता रहेको थियो । प्रतियोगितालाई एफआईभिबीले मान्यता दिएको थियो ।

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.