3 years ago
January 2, 2023
पोखरा (हाम्रो खेलकुद) – गण्डकी प्रदेश भलिबल संघले अर्काे सातादेखि काठमाडौंमा शुरु हुने सातौं संस्करणको एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको लागि महिलातर्फको टोली घोषणा गरेको छ ।

गण्डकीले नेपाल महिला राष्ट्रिय भलिबल टोलीका कप्तानसमेत रहेका अरुणा शाहीको कप्तानीमा तीन भारतीय खेलाडीलाई समेट्दै १२ सदस्यीय टोली घोषण गरेको गण्डकी प्रदेश भलिबल संघका अध्यक्ष नविन कुमार गुरुङले जानकारी गराए ।
अध्यक्ष गुरुङले गण्डकीको महिला टोली केही कमजोर रहेको टोलीलाई मजवुत भारतीय खेलाडी समावेश गरिएको बताए । टिममा समावेश गरिएका भारतीय खेलाडीहरु चेन्नईका एटी अल्फोन्सा, इपी शनिसा र केएस सार्गा हुन् ।
यस्तै टोलीमा अरुणा शाहीसँगै, काजोल छन्त्याल, ममता डगौरा, शस्मी पुन, मनिषा तिलिजा, सोइङ थापा, रेबिना घर्ती, एलिशा रोक्का मगर र रस्विना गुरुङ रहेको संघले जनाएको छ ।
गण्डकीले आइतबार १२ सदस्यीय टोली घोष्णा गरिसकेको छ । गण्डकीले पुरुषतर्फ पुस ६ गतेबाट १० गतेसम्म भएको प्रथम गण्डकी प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिताबाट पुरुष खेलाडी छनोट गरिएको जनाएको छ ।
छनोटमा सहभागी नभएका र बंगलादेशमा भएको काभा यू२३ भलिबल च्याम्पियनसिपको टोलीमा रहेका रवि केसीलाई सोझै छनोट गरिएको छ ।
सातौं संस्करणको एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप पुस २४ बाट माघ १ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा हुँदैछ । च्याम्पियनसिपमा हालसम्म पुरुषतर्फ १५ र महिलामा ८ टोलीको सहभागिता पक्का भइसकेको संघले जनाइसकेको छ ।
पुरुषतर्फ त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, टिप टप हेल्प नेपाल स्पोर्टस क्लब, नयाँ बजार सामाजिक युवा क्लब, दावाली मिलन क्लब, गल्कोट स्पोर्टस क्लब बाग्लुङ, मणिमुकुन्द भलिबल क्लब बुटबल, जावलाखेल भलिबल ट्रेनिङ सेन्टर, बागमती प्रदेश, बुढानिलकण्ठ भलिबल क्लब, गण्डकी प्रदेश, सैलुङ बाघढुंगा स्पोर्ट्स क्लब रामेछाप र सुदूर पश्चिम प्रदेश गरि १५ टोलीको सहभागिता पक्का भइसकेको छ ।
त्यस्तै महिलातर्फ एपिएफ क्लब, पुलिस, आर्मी, न्यु डायमण्ड युथ स्पोर्टस क्लब, जावलाखेल भलिबल ट्रेनिङ सेन्टर, गण्डकी प्रदेश, ढोरपाटन स्पोर्टस क्लब र एभरेष्ट भलिबल क्लब बुटवल गरी ८ टिमहरुको सहभागीता रहने छ ।
लिगकम नकआउटको आधारमा हुने यस च्याम्पियसिपबाट पुरुषतर्फ शीर्ष आठ र महिलातर्फ शीर्ष ६ टोलीले सातौं आरबीबी एनभिए लिगमा प्रवेश पाउनेछ ।
च्याम्पियनसिपको पुरुष र महिला दुवै तर्फको च्याम्पियनले समान ४ लाख रुपैया र शिल्ड हात पार्नेछ । दोस्रो हुनेले २ लाख र तेस्रो हुने टोलीले १ लाख रुपैयाँ प्राप्त गर्नेछन् । च्याम्पियनसिपको सर्वाेत्कृष्ट खेलाडीले २५ हजार र हरेक विधा (स्पाइकर, सेटर, ब्लकर, सर्भर, डिफेन्स र प्रशिक्षक) ले जनही १० हजार रुपैया प्राप्त गर्नेछन् ।
संघले हाम्रो खेलकुद डटकमसँग १ वर्षको लागि मिडिया राइट्स लिएको छ । यससँगै हाम्रो खेलकुद डटकमले संघले १ वर्षभरि गर्ने विभिन्न प्रतियोगिताको प्रत्यक्ष प्रसारण गर्नेछ ।
गण्डकीको महिल भलिबल टोली
अरुणा शाही (कप्तान), काजोल छन्त्याल, ममता डगौरा, शस्मी पुन, मनिषा तिलिजा, सोइङ थापा, रेबिना घर्ती, एलिशा रोक्का मगर, रस्विना गुरुङ, एटी अल्फोन्सा, इपी शनिसा र केएस सार्गा ।
गण्डकीको पुरुष भलिबल टोली
अलराउन्डर – हरि पाण्डे र सन्जय परियार
ओपन स्पाइकर – घनश्याम चौधरी, रवि केसी, सन्तोष थापा मगर र किरण गुरौं
मिडल ब्लकर – हिमाल सुनारी, दीपक मल्ल ठकुरी र इन्द्र विक
सेटर – सुजन चोखाल र मिन सुनार
लिवेरो – राजन दर्लामी मगर
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]