3 years ago
January 22, 2023
काठमाडौं (हाम्रो खेलकुद)– तेस्रो टाइगर कप भलिबल प्रतियोगिताको पुरुषतर्फको पहिलो खेल दुई विभागिय प्रतिस्पर्धामा एपिएफ क्लबले बाजी मारेको छ । पोखरा रंगशालाको भलिबल कोर्टमा भएको खेलमा एपिएफले त्रिभुवन आर्मी क्लबलाई ३–१ ले हराएको छ ।

पहिलो सेट गुमाएर पनि एपिएफले उत्कृष्ट पूनरागमनका साथ खेल जितेको थियो । एपिएफले २०–२५,२५–२२,२६–२४,२५–१९ ले खेल आफ्नो पक्षमा पारेको थियो । गत साता सातौं एनभिए क्लब च्याम्पिनसिपमाको लिग चरणमा एपिएफलाई ३–० ले हराएको आर्मी आइतबार भने कमजोर रह्यो ।
आर्मी एनभिए क्लब च्याम्पियनसिपको उपविजेता टोली हो । टाइगर कपमा भने आर्मी साविक विजेता टोली हो । पोखरामा भएको नवौं राष्ट्रिय खेलकुदमा भने एपिएफले आर्मीलाई नै हराएर स्वर्ण पदक जितेको थियो ।
महिलातर्फको पहिलो खेलमा बिहान आर्मीले न्यू डायमण्ड स्पोर्टस क्लबलाई ३–० ले हराएको थियो । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा सुरु भएको प्रतियोगितामा महिलातर्फ ४ र पुरुषतर्फ ५ टोलीको सहभागिता रहेको छ । महिलातर्फ यसअघि सहभागी हुने भनिएका दुई टोली नेपाल पुलिस क्लब र भारतको केरेला स्टेट इलेक्ट्रोनिक बोर्डले भाग लिएनन् । त्यसको ठाँउमा गण्डकी प्रदेशले प्रतिस्पर्धा गर्दैछ । महिलातर्फ अर्को टोली एपिएफ रहेको छ ।
पुरुषतर्फ त्रिभुवन आर्मी क्लब, सेन्ट जोसेफ वाज स्पोर्टस् क्लब श्रीलंका, नेपाल पुलिस, एपिएफ र गण्डकी प्रदेश गरी ५ टोलीको सहभागिता रहेको छ । पहिलो संस्करणमा पुरुषतर्फ गण्डकी र महिलामा पुलिस च्याम्पियन बनेको थियो । दोस्रो संस्करणमा महिलातर्फ एपिएफ र पुरुषतर्फ आर्मी च्याम्पियन टोली हो । आइतबार पुरुषतर्फ आर्मी र एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । अन्तिम खेल पुरुषतर्फ गण्डकी प्रदेश र नेपाल पुलिसबीच हुनेछ ।
पुरस्कार राशि यसपालि गत वर्ष तुलनामा दोब्बर छ । महिला–पुरुष दुवैतर्फ उपाधि विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार प्राप्त गर्नेछन् । तेस्रोले १ लाख २५ हजार र सान्त्वना हुनेले ६५ हजार प्राप्त गर्नेछन् । हरेक दिनको खेलमा उत्कृष्ट खेलाडीले ५ हजार र ३ हजार रुपैयाँ बराबरको स्वास्थ्य परीक्षण सुविधा पाउने छ । दुवै इभेन्ट्समा सर्वोत्कृष्ट खेलाडीले जनही २५ हजार तथा विधागततर्फका उत्कृष्टले समान १० हजार प्राप्त गर्नेछन् ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]