2 years ago
February 13, 2023
काठमाडौं (हाम्रो खेलकुद) – बेल्जियन प्रशिक्षक जान डे ब्रान्ट नेपाली महिला राष्ट्रिय भलिबल टोलीको प्रशिक्षकमा नियुक्त भएका छन् । नेपाल भलिबल संघलाई प्राविधिक सहयोग गर्ने क्रममा अन्तर्राष्ट्रिय भलिबल महासंघले डे ब्रान्टलाई ६ महिनाका लागि नियुक्त गरेको संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले जानकारी दिए ।
‘सबै प्रक्रिया पूरा भएर डे ब्रान्ट नियुक्त हुनु भएको छ । उहाँ फागुनको दोस्रो सातासम्म आइपुग्ने सम्भावना छ,’ चन्दले भने,‘अहिलेको स्तरमा बृद्धि हुन्छ भन्ने अपेक्षाका साथ लामो समयका लागि प्रशिक्षक नियुक्त गर्ने हाम्रो उद्देश्य हो । त्यसै अनुसार महासंघलाई आग्रह गरेका थियौं, त्यहि अनुसार ६ महिनाको नियुक्त भएको छ ।’ पारिश्रमिक महासंघले तथा आन्तरिक खर्च भने संघले बेर्होने चन्दले बताए ।
संघको आयोजनामा २०८० जेठमा काभा महिला च्यालेन्ज कप भलिबल प्रतियोगिता आयोजना हुँदैछ । त्यसका लागि अर्को साताबाट नेपाली टोलीको प्रशिक्षण सुरु हुने भएको छ । यो ६ महिनाको अवधिमा ग्रान्टले महिला टोलीसँगै पुरुष टोलीलाई पनि प्रशिक्षण दिनेछ ।
६४ वर्षीय प्रशिक्षकले यसअघि युरोपमा विभिन्न क्लब टोलीको जिम्मेवारी सम्हालेका छन् । उनले पछिल्लो पटक सन् २०१८ मा टर्किस क्लब फेनेरबाचेको जिम्मेवारी सम्हालेका थिए । सन् २०१५ मा उनले हंगेरीलाई महिला युरोपेली भलिबल लिगको उपाधि दिलाएका थिए । त्यसबाहेक उनले टर्कीको घरेलु भलिबलमा पनि सफलता हासिल गरेका छन् ।
झन्डै २ दशक सक्रिय खेलाडीको रुपमा बिताएका ब्रान्ट त्यसयता भने प्रशिक्षणमा होमिएका थिए । उनले बेल्जियमको राष्ट्रिय महिला टोलीलाई पनि हेरेका थिए ।
July 12, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- नेपालमा रातमा आयोजना हुने एक मात्र १० किलोमिटर दूरीको ‘नेपालगन्ज नाइट रन’ अब विश्व दौड मञ्चमा पहुँच बनाउँदै एसोसिएसन अफ इन्टरनेशनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स) मा औपचारिक रूपमा आबद्ध भएको छ। संविधान दिवसको अवसर पारेर हरेक वर्ष असोज ३ गते राति सुर्खेत रोडमा आयोजना हुने यो प्रतियोगिता गत वर्षदेखि सुरु गरिएको […]
July 10, 2025
ललितपुर (हाम्रो खेलकुद)- प्रधानमन्त्री केपी शर्मा ओलीले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा नेसनल हाइ पर्फमेन्स सेन्टर र स्पोर्टस साइन्स रिसर्च सेन्टरको आज उद्घाटन गरेका छन्। नवनिर्मित दुवै संरचना नेपाली खेलकुदमा पहिलो पटक निर्माण गरिएको हो। प्रधानमन्त्री ओलीले उद्घाटन गर्दै दुबै संरचना अवलोकन गर्दै उपकरणबारे जानकारी लिए। साथै उनले आउटडोर स्विमिङ पुल र हिटिङ स्विमिङ पूलको पनि […]
July 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा लेभल वान कोचिङ कोर्स लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा बुधवार सुरु भएको छ । अन्तर्राष्ट्रिय टेबलटेनिस महासंघ (आइटिटिएफ) को वार्षिक क्यालेन्डर अनुसार भएको कोर्समा पारासहित नेपालका २८ र भारतका २ गरी ३० प्रशिक्षार्थीको सहभागिता रहेको आयोजक संघका महासचिव कुबेरप्रकाश सिंहले जनाएका छन् । कोर्समा सातै प्रदेशको सहभागिता […]