3 years ago
February 14, 2023
काठमाडौं (हाम्रो खेलकुद)– बक्सिङका रेफ्री तथा जज पुष्करराज पन्त इन्टरनेसन टेक्निकल अफिसियल (आइटिओ) मा उतिर्ण भएका छन् । आइटिओ कोर्ष पूरा गर्ने उनी पहिलो नेपाली भएको नेपाल बक्सिङ संघले जनाएको छ ।

अन्तरर्राष्ट्रिय बक्सिङ संघ (आइबिए) आयोजनामा थाइल्याण्डको राजधानी बैंककमा जनवरी १७ देखि २७ तारिख सम्म सञ्चालन भएको एएसबिसी यू–२२ बक्सिङ च्याम्पियनसिपका दौरान आइटिओको कोर्ष भएको थियो ।
बक्सिङका रेफ्री तथा जर्ज धनकुमार मैनाली सोही समयमा सञ्चालन भएको आइबिए २ स्टार रेफ्री जज परीक्षामा उतिर्ण भएका छन् । प्रदेश खेलकुद विकास परिषद्, बागमतीका बोर्ड सदस्य समेत रहेका मैनाली टु स्टार रेफ्री तथा जज उतिर्ण गर्ने पहिलो नेपाली बनेका छन् । उक्त कोर्षमा विभिन्न देशका १६ परिक्षार्थी सहभागी रहेको बताएको छ ।
आईटिओ तथा आईबिए टु स्टार कोष दुवैमा लिखित र प्रयोगात्मक परीक्षा हुने गरेको बताएको छ । पन्त र मैनाली दुवैले सन् २०१९ मा आईबिए वान स्टार रेफ्री/ जज कोर्ष उर्तिण गरेका थिए । Noपन्त सहभागी आइटिओ कोर्षमा भारत, पाकिस्तान, चीन, फिलिपिन्सलगायत २० देशका २२ जनाको सहभागिता रहेको बताइएको छ । आईटिओ उर्तिण गर्नेले अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगिता सञ्चालन गर्न पाउनेछन् ।
२०४७ साल देखि खेलाडीका रुपमा बक्सिङमा प्रवेश गरेका पन्त २०५३ सालको टुवर्ग कप राष्ट्रिय बक्सिङ प्रतियोगिता लगायत विभिन्न खुला बक्सिङ्ग प्रतियोगितामा तीन पटक राष्ट्रिय च्याम्पियन बनेका छन् ।
२०५५ देखि राष्ट्रिय निर्णायक बनेका पन्त बक्सिङका केन्द्रिय सदस्य तथा स्कुल बक्सिङका संयोजक हुन् । तीन वर्षअघि स्वदेशमा आयोजना भएको १३ औ दक्षिण एसियाली खेलकुद (साग) को बक्सिङमा उनले रेफ्री तथा जजको भूमिका निर्वाह गरेका थिए ।


December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लबले दोस्रो जित निकालेको छ । आज भएको पहिलो प्रतिस्पर्धात्मक खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ सेटले पराजित गरेको हो । एपिएफ २५-१५,२२-२५,२५-१८,२५-१८ विजयी भएको हो । आर्मीले २२–२५ को सेट आफ्नो पक्षमा पारेको थियो । खेलको प्लेयर अफ द म्याच […]
December 3, 2025
हिमाल खरेल, बिर्तामोड झापाको अर्जुनधारामा सुरु अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लब र न्यु डायमन्ड क्लब विजयी भएका छन् । आज भएको उद्घाटन खेलमा एपिएफले एभरेस्ट लुम्बिनी क्लबलाई हराएको हो । एपिएफले एभरेस्ट लुम्बिनीलाई ३-० को सोझो सेटमा हराएको हो । एपिएफले ११-२५, १५-२५ र २२-२५ को सेटमा पराजित गरेको हो । एपिएफकी नेविका […]