default_image

8 months ago

February 15, 2023

रग्बीमा आर्मी र गोर्खालीको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल रग्बी संघको आयोजनामा जारी तेस्रो राष्ट्रिय क्लब रग्बी फिफ्टिन्स लिगमा त्रिभुवन आर्मी क्लब र गोर्खाली रग्बी क्लबले लगातार दोस्रो जित हासिल गरेका छन् । दशरथ रंगशालामा बुधबार भएको पहिलो खेलमा आर्मील हिमालयन रग्बी क्लबलाई ७५–१० को अन्तरले पराजित गरेको छ । अर्को खेलमा गोर्खालीले आकाश भैरवलाई ७६–३ ले हराएको थियो […]

60 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल रग्बी संघको आयोजनामा जारी तेस्रो राष्ट्रिय क्लब रग्बी फिफ्टिन्स लिगमा त्रिभुवन आर्मी क्लब र गोर्खाली रग्बी क्लबले लगातार दोस्रो जित हासिल गरेका छन् ।

दशरथ रंगशालामा बुधबार भएको पहिलो खेलमा आर्मील हिमालयन रग्बी क्लबलाई ७५–१० को अन्तरले पराजित गरेको छ । अर्को खेलमा गोर्खालीले आकाश भैरवलाई ७६–३ ले हराएको थियो । हिमालयन र आकाश भैरव जित विहिन छन् ।

पहिलो खेलमा आर्मीले आकाश भैरवलाई ७२–० को फराकिलो अन्तरले हराएको थियो । त्यस्तै हिमालयन टाइगर पहिलो खेलमा गोर्खालीसँग ६७–१७ को अन्तरले पराजित भएको थियो ।

लिगको अन्तिम चरणको खेल शनिबार दशरथ रंगशालामा हुनेछ । अन्तिम दिन आकाश भैरव र हिमालयन तथा आर्मी र गोर्खालीबीच खेल हुनेछ । लिग चरणको अन्त्यमा शीर्षस्थानमा रहने टोली च्याम्पियन बन्नेछ ।

October 4, 2023

काभा भलिबल च्यालेन्ज कप– नेपालसहित ६ टोलीले खेल्ने

काठमाडौं (हाम्रो खेलकु)– नेपाली राष्ट्रिय भलिबल टोलीले अर्को सातााबाट श्रीलंकामा सुरु हुने कामा पुरुष भलिबल च्यालेन्ज कपमा प्रतिस्पर्धा गर्ने भएको छ । असोज २२ गते सुरु हुने प्रतियोगितामा ६ टोलीको सहगिता रहेको छ । राउन्ड रोविन लिगपछि अंकतालिकाका शीर्ष २ टोलीले फाइनल तथा त्यसपछिका दुई टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् । नेपालले असोज २२ […]

October 4, 2023

आयोजक ढोरपाटन र पोखरालाई ढोरपाटन रनिङ कप भलिबल उपाधि

सिड्नी (हाम्रो खेलकुद) – आयोजक ढोरपाटन क्लब अस्ट्रेलिया र पोखरा भलिबल क्लब चौथो संस्करणको महिला र पुरुष ढोरपाटन रनिङ कप भलिबल २०२३ काे च्याम्पियन बनेका छन् । ढोरपाटन पुरुषतर्फ तथा पोखरा महिलातर्फ च्याम्पियन बनेका हुन् । अवर्न बास्केटबल सेन्टर लिडकममा भएको पुरुषतर्फको फाइनलमा ढोरपाटनले छन्त्याल परिवार अष्ट्रेलिया (सिपिए) लाई ३–१ को सेटमा पराजित गर्दै उपाधि […]

October 4, 2023

एसियाड कबड्डीमा नेपाललाई कम्तीमा कास्य पदक पक्का

सुबास हुमागाईं, हाङ्गचौ नेपाली राष्ट्रिय महिला कबड्डी टोलीले चीनमा जारी १९ औं एसियाली खेलकुद (एसियाड) मा कम्तीमा कास्य पदक जित्ने पक्का भएको छ । समूहको अन्तिम खेलमा बुधबार इरानले बंगलादेशलाई ५४–१६ ले हराएसँगै नेपाल समूह उपविजेताका रुपमा सेमिफाइनल पुगेको हो । सेमिफाइनलमा पराजित हुने दुवै टोलीले पदक पाउने भएकाले नेपालले कम्तीमा कास्य पदक पक्का गरेको […]

Success

Thank you for your time.