default_image

3 years ago

February 28, 2023

कर्णालीका मुख्यमन्त्री शर्मालाई ओलम्पियन्स संघको बधाई

228 views

0 Bookmark

सुर्खेत (हाम्रो खेलकुद)– नेपाल ओलम्पियन्स संघका अध्यक्ष दीपक विष्टसहितको खेलाडी टोलीले कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मालाई बधाई तथा सफलताको शुभकामना दिएको छ ।

कर्णाली प्रदेशको जुम्ला र सुर्खेतमा स्कुल टु ओलम्पिक कार्यक्रम सञ्चालनका दौरान सुर्खेत आएका खेलाडीको टोलीले सोमबार मुख्यमन्त्री कार्यालयमा पुगेर शर्मालाई बधाई दिएको थियो । टोलीमा ओलम्पियन देवु थापा, कमल अधिकारी तथा १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता सुर्खेत निवासी दीपक हमाल सहभागी थिए ।

शर्माले संघलाई धन्यवाद दिदै खेलकुद विकासमा भविष्यमा सहकार्यका लागि आग्रह गरेका थिए । मुख्यमन्त्री शर्माले दुई वर्षपछि आयोजना हुने १० औं राष्ट्रिय खेलकुदलाइ प्रदेश सरकारले महत्वका साथ हेरेको र प्रदेश रंगशालालागयतका भौतिक पूर्वाधार निर्माणमा जोड दिएको बताए ।

संघका अध्यक्ष विष्टले प्रदेशको खेलकुद विकास र खेलाडी उत्पादनका लागि दक्ष प्रशिक्षक तयार पार्न मुख्यमन्त्रीलाई सुझाव दिए । उनीहरुले आवश्यकता परेको खण्डमा समय समय आफूहरु पनि प्रदेशको खेलाडीहरुलाई प्रशिक्षण दिन तयार रहेको समेत बताए ।

जुम्लामा कार्यरत राष्ट्रिय खेलकुद परिषद् (राखेप) का प्रशिक्षक हरि रोकायाले निरन्तर खेलाडी उत्पादन गर्दै देशको खेलकुदमा योगदान गरेको चर्चा गर्दै विष्टले भने,‘ उहाँ जस्तै अन्य प्रशिक्षक प्रदेश खेलकुद विकासका लागि आवश्यक छ । त्यसतर्फ पनि सरकारको ध्यान जाओस् । ’ प्रदेशले भौगोलिक अवस्था र श्रोतका आधारमा प्रदेशका लागि उपयुक्त हुने खेलको प्राथमिकता निर्धारण गरि सोही अनुरुप लगानी गर्न उनीहरुले सुझाव दिए ।

मुख्यमन्त्री शर्माले आफ्नो कार्यकालमा खेलकुद विकासका लागि जग बसाल्न प्रयास गर्ने वचन समेत दिए । सो अवसरमा कर्णाली खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वमित्र सन्ज्यालको पनि उपस्थिति थियो ।

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.