default_image

3 years ago

March 27, 2023

मेचिनगर वडा स्तरीय फुटसल हुने

340 views

0 Bookmark

झापा (हाम्रो खेलकुद) – मेचिनगर नगरपालिकामा नयाँ वर्षको अवसरमा वडा स्तरीय फुटसल प्रतियोगिता हुने भएको छ । धुलावारी फुटसल एरिनामा वैशाख १ गतेदेखि ९ गते सम्म प्रथम मेचिनगर वडा स्तरीय फुटसल प्रतियोगिता आयोजना हुने भएको छ ।

मेचिनगर भित्रका १५ वडाका टिमलाई समाावेश गरिने प्रतियोगिताका संयोजक तथा धुलावारी फुटसलका संचालक विवेक बस्नेतले जानकारी दिएका छन् । युवा माझ निकै लोकप्रिय बन्दै गएको फुटसलका खेलाडीहरुलाई हैसला प्रदान गर्न नयाँ बर्षको उपलक्षमा आयोजना गरिने फुटसल प्रतियोगिताको सह–आयोजक हलेसी मेडिकल हल रहेको छ ।

प्रतियोगिताको विजेताले ३० हजार, दोस्रो टोलीले १५ हजार रुपैयाँ प्रदान गरिने प्रतियोगिताको सहआयोजक हलेसी मेडिकल हलका संचालक सोम ओझाले जानकारी दिएका छन् । त्यस्तै प्रतियोगितामा विभिन्न विधाका उत्कृष्ट खेलाडीले पनि नगद पुरस्कार पाउने बताइएको छ ।

धुलावारी फुटसल एरिनाले आफ्नो स्थापना काल देखिनै विद्यार्थी, संघ संस्था र युवाहरुलाई लक्षित विभिन्न प्रतियोगिता संचालन गरिसकेको छ ।

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

December 4, 2025

अर्जुनधारा महिला भलिबलमा पुलिसको जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]

Success

Thank you for your time.