3 years ago
April 1, 2023
पोखरा (हाम्रो खेलकुद) – एसिया कप ट्राइयाथलन कपको उपाधि पुरुष तर्फ लक्जम्बर्गका बब हेलर र महिला तर्फ स्लोभाकियाकी मारगेटा बिकानोभाले जितेका छन् ।

पोखरामा सम्पन्न ट्राइयाथलनमा ७ सय ५० मिटर पौडी, २० कि.मी. साईक्लिङ्ग र ५ कि.मी. दौड दूरी बबले ५५ मिनट ५५ सेकेन्डमा र मागरगेटाले १ घन्टा ४ मिनट ५१ सेकेन्ड समयका साथ पूरा गर्दै उपाधी जितेका हुन् ।
नेपाल ट्राइयाथलन संघको आयोजनमा भएको २०२३ एशिया ट्राइयाथलन कप तथा दक्षिण एशियन च्याम्पियनसिप अन्तरगत भएको प्रतियोगिताको एशिया कपतर्फ दोश्रो स्थानमा पुरुष तर्फ उज्वेक्सितानका एलेक्जेन्डर कुरिसोभले उक्त दुरी ५५ मिनट ५७ सेकेन्ड र तेश्रो स्थानमा रहेका लक्जम्बर्गका स्टेफान जाकोसले ५६ मिनट ०१ सेकेन्डमा पुरा गरे ।
चौथो स्थानमा रहेका जापानका क्योतारो याशिकावाले ५६ मिनट ०९ सेकेन्ड र पाँचौ स्थानमा रहेका न्युजिल्याण्डका ओलीभर लारकोम्बेले ५७ मिनट ५८ सेकेन्ड समयका साथ दुरी पूरा गरे ।

महिला तर्फ जापानकी मिनोरी इकेनो र चिसातो नाकाजिमाले दोश्रो र तेश्रो स्थान प्राप्त गरे । मिनोरीले १ घन्टा ५ मिनट १८ सेकेन्डमा र चिसातोले १ घन्टा ५ मिनट ३० सेकेन्डमा दुरी पुरा गरे । चौथो स्थानमा रोमानियाकी एन्तोनेला मानाक र पाँचौ स्थानमा जापानकी युका सातो रहे । मानाकले १ घन्टा ६ मिनट ४ सेकेन्ड र सातोले १ घन्टा ७ मिनट ३७ सेकेन्डमा दुरी पुरा गरे ।
बिश्व ट्राइयाथलन महासंघको नियम बमोजिम घोषित कुल पुरस्कार रासी मध्ये पहिलोले ३० प्रतिशत, दोश्रोले २५ प्रतिशत, तेश्रोले २० प्रतिशत, चौथोले १५ प्रतिशत र पाँचौले १० प्रतिशत रकम प्राप्त गर्नेछ । त्यसै अनुरुप घोषित कुल ४२ सय डलरबाट शिर्ष तीनले ६३० डलर, ५२५ डलर र ४२० डलर प्राप्त गरे । यसका साथै विजयीले मेडल र प्रमाण पत्र प्राप्त गरे । चौथो स्थान प्राप्त खेलाडीले ३१५ डलर र पाँचौ स्थानका खेलाडीले २१० डलर सहित मेडल र प्रमाण पत्र प्राप्त गरे ।
मुरलीधरण र प्रज्ञा दक्षिण एसिया च्याम्पियन
सोही प्रतियोगिता अन्तरगत बभएको दक्षिण एशियन च्याम्पियनसिपमाको ट्राईयाथलन तर्फ भारतका आदर्श मुरलीधरण नायर सिनिमोलले उपाधि जिते । उनले निर्धारित दुरी १ घन्टा ४ मिनट १६ सेकेन्डमा पुरा गरे । यस्तै दोश्रो स्थानमा रहेका भारतकै विश्वनाथ यादवले १ घन्टा ६ मिनट २५ सेकेन्ड र तेश्रो स्थानमा रहेका नेपालका वसन्त थारुले १ घन्टा ६ मिनट ५२ सेकेन्डमा दुरी पुरा गरे ।
महिला तर्फ पूर्व विजेता भारतकी प्रज्ञा मोहनले १ घन्टा १२ मिनट समयका साथ प्रथम स्थान प्राप्त गर्दा भारतकै मान्सी मोहितेले १ घन्टा १३ मिनट ४६ सेकेन्ड समयका साथ दोश्रो स्थान प्राप्त गरिन् । तेश्रो स्थानमा नेपालकी श्रेवी महर्जनले १ घन्टा १८ मिनटमा दुरी पुरा गरिन् ।
दक्षिण एसियन च्याम्पियनसिप अन्तरगत जुनियर ट्राईथलनमा भारतले एकलौटी पा¥यो । भारतका खुन्द्रकपाम नगन्बा मैतेले निर्धारित दुरी १ घन्टा २ मिनट ४६ सेकेन्ड समयका साथ पुरा गर्दै पहिलो, पार्थ मिराज १ घन्टा ६ मिनट ४२ सेकेन्ड समयका साथ दोश्रो र श्रीदथ सुधिर १ घन्टा १० मिनट २६ सेकेन्ड समयका साथ तेश्रो भए ।
महिला तर्फ भारतकी संजना सुनिल जोशी १ घन्टा १२ मिनट २१ सेकेन्डका साथ पहिलो, नेपालकी श्रेवी महर्जन १ घन्टा १८ मिनटका सथा दोश्रो र भारतकी देवकी शर्मा १ घन्टा २७ मिनट ८ सेकेन्डका साथ तेश्रो भए ।
वसन्त र श्रेवी राष्ट्रिय च्याम्पियन
राष्ट्रिय तर्फ पुरुषमा वसन्त थारु, दिपेश चौधरी र मुकेश चौधरी क्रमश पहिलो, दोश्रो र तेश्रो भए । बसन्तले १ घन्टा ६ मिनट ५२ सेकेन्ड, दिपेशले १ घन्टा ९ मिनट १७ सेकेन्ड र मुकेशले १ घन्टा १० मिनट ४४ सेकेन्ड समयका साथ दूरी पूरा गरे । महिला तर्फ श्रेवी महर्जन प्रथम भईन् । दोश्रो स्थानमा रहेकी केशरी थापा मगरले निर्धारित दुरी १ घन्टा ३२ मिनट ३१ सेकेन्ड समयमा पुरा गरिन् ।
विजयी खेलाडीलाई गण्डकी प्रदेश सांसद प्रकाश बराल, पूर्व सांसद दीपक कोईराला, नेपाल ओलम्पिक कमिटिका महासचिव एवं संघका अध्यक्ष निलेन्द्र राज श्रेष्ठ, महासचिव युवराज सुनुवार, टेक्निकल डेलिगेट प्रभाकर, दक्षिण एसिया च्याम्पियनसिपकी पूर्व विजेता एवं भारती प्रशिक्षक पुजा चौरसिया लगायतले पुरस्कार वितण गरेका थिए ।
फेवातालमा आयोजना भएको प्रतियोगितामा पुरुष तर्फ नेपाल सहित लक्जम्बर्ग, उज्वेकिस्तान, जापान, उरुग्वे, अष्ट्रिया, अष्ट्रेलिया, काजाकिस्तान, स्लोभाकिया, युएई, प्लोस्टाईन, न्युजिल्याण्ड र भारतका गरि ४३ खेलाडीहरुले उपाधीका लागि प्रतिस्पर्धा गर्ने छन् । यस्तै महिला तर्फ जापान, रोमानिया, स्लोभाकिया, उज्वेक्सितान, मरिसस, अलजेरिया, भारत र नेपालका गरि १५ खेलाडीले उपाधीका लागि प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताको दुवाथलन विधाको प्रतिस्पर्धा आइतबार हुने बताइएको छ ।
December 6, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]