default_image

1 year ago

April 9, 2023

केल्मी र न्यू डायमण्डको सहकार्य निरन्तर

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय महिला भलिबल खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको न्यू डायमन्ड युथ स्पोर्टस क्लब र खेलकुद पोशाक निर्माण कम्पनी केल्मीबीचको सहकार्यले निरन्तरता पाएको छ । सहकार्यको तेस्रो वर्षका लागि न्यू डामण्डका अध्यक्ष तथा प्रशिक्षक कुमार राई र नेपालका लागि केल्मीको आधिकारिक विकृता कामारु ट्रेडिङका प्रबन्ध निर्देशक उत्तम न्यौपानेले आइतबार सम्झौता नविकरणमा […]

155 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय महिला भलिबल खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको न्यू डायमन्ड युथ स्पोर्टस क्लब र खेलकुद पोशाक निर्माण कम्पनी केल्मीबीचको सहकार्यले निरन्तरता पाएको छ ।

सहकार्यको तेस्रो वर्षका लागि न्यू डामण्डका अध्यक्ष तथा प्रशिक्षक कुमार राई र नेपालका लागि केल्मीको आधिकारिक विकृता कामारु ट्रेडिङका प्रबन्ध निर्देशक उत्तम न्यौपानेले आइतबार सम्झौता नविकरणमा हस्ताक्षर गरेका छन् । सम्झतौ २०८० भरका लागि नविकरण गरिएको बताइएको छ ।

केल्मीले एक वर्षसम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउनका लागि खेल पोशाक उपलब्ध गराउनेछ । न्यू डायमण्डले केल्मीको प्रचारमा सहयोग गर्नेछ । २०७७ बाट केल्मी र न्यू डायमण्डबीच सहकार्य हुँदै आएको छ । न्यू डायमण्डले पुसमा एनभिए क्लब च्याम्पियनसिपको उपाधि जितेको थियो ।

देशभित्र भलिबलको लोकप्रियता बढाउन र खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गरेकाले न्यू डायमण्डलाई निरन्तर सहयोग गरेको जनाउँदै कामारुका प्रबन्ध निर्देशक न्यौपानेले सहकार्य भविष्यमा पनि जारी रहने बताए ।

सिमित साधान श्रोतका वावजुद भलिबलमा निरन्तर सक्रिय रहन केल्मीको सहयोग महत्वपूर्ण रहेको उल्लेख गर्दै न्यू डायमण्डका अध्यक्ष राईले भने, ‘केल्मीको सहयोगले खेलाडीको हौसला बढेको छ । न्यू डायमण्डले भलिबल एकेडेमीका साथै यू १८ को प्रतियोगिता समेत सञ्चालन गर्दै आएको छ । केल्मीले भलिबल र क्रिकेटको राष्ट्रिय टोलीलाई पनि प्रायोजन गर्दै आएको छ ।’

May 5, 2024

विशालले सिड्नी भलिबल लिग खेल्ने

दिल तामाङ,सिड्नी नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य विशाल बहादुर बिकले अस्ट्रेलियाको सिड्नी भलिबल लिग (एसभिएल) खेल्ने भएका छन् । ओपन स्पाइकर विशाल प्रो भलिबल एकेडेमीमा आबद्ध भएका छन् । यससँगै विशाल एसभिएल खेल्ने पहिलो नेपाली खेलाडी बनेका छन् । उनी दक्षिण एसियाली मुलुक भन्दा बाहिरका देशबाट खेल्ने दोस्रो नेपाली पुरुष खेलाडी हुनेछन् । यसअघि […]

May 4, 2024

काठमाडौं र मध्यपुर थिमि गोदावरीमा मेयर कपको सेमिफाइनलमा

ललितपुर (हाम्रो खेलकुद)- काठमाडौं महानगरपालिका र मध्यपुर थिमि नगरपालिका गोदावरी उपत्यका व्यापी अन्तर पालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । प्रस्तावित गोदावरी बहुउद्देश्यीय रङ्गशालाको झ्यालुन्टार मैदानमा भएको क्वाटरफाइनलमा कीर्तिपुर नगरपालिकालाई ५–४ गोल हराउँदै मध्यपुरले अन्तिम चारको पुगेको हो । मध्यपुरका लागि दिपक बासानले २ गोल गर्दा कप्तान यमन राजबाहाक, रोहन खड्गी […]

May 3, 2024

खेलकुद मन्त्रालयबाट सुझाव संकलन सुरू

काठमाडौं (हाम्रो खेलकुद)- नयाँ खेलकुद नीति निर्माण तथा राष्ट्रिय खेलकुद विकास ऐन २०७७ संशोधनको लागि युवा तथा खेलकुद मन्त्रालयले बृहत छलफल र सुझाव संकलन कार्यक्रमको सुरूवात गरेको छ। छलफलको सुरूवातमा आज मन्त्रालयले राष्ट्रिय खेल संघका अध्यक्ष र महासचिवसँग सुझाव संकलन गरेको छ। जहाँ खेलकुदमा सरोकार राख्ने प्रमुख कडी संघका पदाधिकारीहरुको सहभागिता उल्लेख्य रहयो। ५० भन्दा […]

Success

Thank you for your time.