default_image

2 years ago

April 22, 2023

जुम्ला एफसीलाई फुटबल उपाधि

410 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– जुम्ला फुटबल क्लबले मुगुमा सम्पन्न हेमराज भाम स्मृती कप फुटबल प्रतियोगिताको उपाधि जितेको । घरेलु टोली रेड पान्डा एफसीलाई शनिबार ३–१ ले हराउँदै जुम्लाले उपाधि जितेको हो । शुक्रबार हुने भनिएको फाइनल प्राविधिक कारणवशब शनिबार सन्चालन गरिएको आयोजक समितिले जनाएको छ ।

जुम्लालाई जित दिलाउन अभिषेक बुढथापाले २ र शेखर शाहीले १ गोल गरेका थिए । १० औं मिनेटमा अभिषेकको गोलबाट जुम्लाले अग्रता लिएको थियो । दोस्रो गोल शेखरले २० औं मिनेटमा गरेका थिए । ४५ औं मिनेटमा जुम्ला खेलाडीको आत्मघाती गोलमा खेल २–१ को अवस्था पुगेको थियो । खेल सकिन चार मिनेट बाँकी रहँदा अभिषेकले अर्को गोल गर्दै टोलीको जित निश्चित गरेका थिए । जुम्लाले उपाधिसहित १ लाख रुपैयाँ प्राप्त गरेको छ ।

भामवाडा फुटबल क्लबको आयोजनामा चैत २९ गते देखि सन्चालन भएको प्रतियोगितामा २८ टोलीको सहभागिता थियो । स्वर्गिय हेमराज भामको सम्झनामा प्रतियोगिता आयोजना गरिएको थियो । भामवाडा फुटबल क्ल्बका तत्कालीन कप्तान हेमराजको गत बर्ष पुस २८ गते निधन भएको थियो । मुगु जिल्लाको एक सफल खेलाडी गुमाउनुपरेकोले उनको सम्झनामा फुटबल प्रतियोगिताको आयोजना गरिएको क्लबका अध्यक्ष गणेश सेजुवालले बताए ।

October 23, 2024

खेलकुद प्रसारणको व्यवसायीकरणमा पछाईको पहल

काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा समूहगत खेल लोकप्रिय छन् । मुख्यतः फुटबल, भलिबल पहिला देखि नै र पछिल्लो एक दशकमा क्रिकेट निकै लोकप्रिय खेलमा पर्दछ । यि तीन खेलको फ्यान फलोइङमा पनि उत्तिकै छ । केहि समय अघि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा विश्वकप लिग-२ का खेलमा देखिएको दर्शकको तस्वीरलाई विश्वभरका सन्चारमाध्यममा चर्चाको विषय बनेको थियो […]

October 23, 2024

वीर गणेशमान सिंह राष्ट्रिय टेनिस – कायन र निम्ती विजयी

काठमाडौं (हाम्रो खेलकुद) – कायन चालिसे र निम्ती कुवँर चौथो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगितामा यु–८ सिंगल्समा बुधबार च्याम्पियन भएका छन् । सातदोबाटोस्थित नेपाल टेनिस संघको कोर्टमा जारी प्रतियोगितामा बुधवार यु–८ उमेरसमूहमा कायन ब्वाइज र निम्ती गल्र्सतर्पm च्याम्पियन भएका हुन् । कायनले फाइलनमा टोनिस श्रेष्ठलाई १०–७ र १०–३ ले हराए । निम्तीले भने अमिरा […]

October 23, 2024

नवीन राष्ट्रिय र्‍यापिड चेस च्याम्पियन

कञ्चनपुर (हाम्रो खेलकुद)- काठमाडौंका सिएम नवीन तण्डुकारले दोश्रो राष्ट्रिय र्‍यापिड रेटिङ बुद्धिचालको उपाधि जितेका छन्। महिलामा पोखराकी पुजा भण्डारी विजयी भइन् ।  प्रतियोगिता अन्तर्गत १९३२ रेटेड सिएम नविनले ८ खेलमा जित दर्ता गर्दै ८ अंकका साथ राष्ट्रिय र्‍यापिड च्याम्पियन बनेका छन्। नविनले उपाधि संगै ३० हजार रुपैयाँ प्राप्त गरेका छन्।  कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिकामा सम्पन्न प्रतियोगितामा […]

Success

Thank you for your time.