3 years ago
April 22, 2023
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) का उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्दराज बैद्यले यसै साता हान्झोउमा हुने १९ औं एसियाली खेलकुदको चिफ–डि–मिसन बैठकमा सहभागिता हुने भएका छन् ।

एनओसीका अनुसार दुई दिने बैठक मंगलबार र बुधबार हुनेछ । अबको एसियाली खेलकुद यसै असोज ६ गते देखि २१ गते सम्म हुँदैछ । बैठकमा प्रतियोगिताको आयोजनाबारे छलफल हुनेछ । यस्तै बैठकमा सहभागी हुने प्रतिनिधिलाई प्रतियोगिताको क्रममा प्रयोग हुने खेल स्थलबारे पनि जानकारी दिइनेछ ।
प्रतियोगिताका लागि ४४ खेल स्थल प्रयोगमा हुने बताइएको छ । त्यसमध्ये १४ नयाँ रहेका छन् । हान्झोउ एसियाली खेलकुदमा ४० खेल समावेश हुने बताइएको छ । एसियाडमा नेपालले भने २३ खेलमा १ सय ६८ खेलाडीको सहभागिता रहने प्रारम्भिक तयारी भएको चैत २९ गते पत्रकार सम्मेलनमार्फत राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जानकारी गराएको थियो ।

रणनीतिक (पदक जित्ने सम्भावना भएको) र आम सहभागिताका हिसाबले एसियाली खेलकुदमा भाग लिने २३ खेललाई तीन वटा श्रेणीमा विभाजन गरिएको राखेप सदस्य सचिव टंकलाल घिसिङले बताएका थिए । राखेपले पदकको बढी सम्भावना देखेको बक्सिङ, तेक्वान्दो, करातेलाई उच्च प्राथमिकता, ११ खेल एथलेटिक्स, साइक्लिङ, फुटबल, गल्फ, जुडो, ट्रायथोलन, उसु, भलिबल, कुस्ती, पौडी, भारोत्तोलनलाई प्राथमिकता र बाँकीलाई अर्को श्रेणीमा राखेको छ ।
राखेपले खेलाडी छनोट र प्रशिक्षणको समय तालिका समेत तयार पारेको सदस्य सचिवले जानकारी दिए । उनका अनुसार वैशाख ३ देखि ७ गते सम्म पहिलो चरणमा ४ सय २५ खेलाडी छनोट हुने बताएका थिए । तर, पहिलो चरणको खेलाडीको छनोटका विषयमा भने राखेपले थप जानाकरी दिएको छैन ।
December 6, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]