default_image

1 year ago

May 3, 2023

लिम्बु युवा तथा खेलकुद मन्त्री नियुक्त

266 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली कांग्रेसका सांसद डिगबहादुर लिम्बु युवा तथा खेलकुद मन्त्री नियुक्त भएका छन् । पुष्पकमल दाहालको नेतृत्वमा सरकार बनेको ४ महिनापछि युवा तथा खेलकुद मन्त्री नियुक्त भएका हुन् ।

यसअघि प्रधानमन्त्री दाहालले नै खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । बुधबार ३ मन्त्री नियुक्त गर्दा लिम्बुको जिम्मेवारीमा खेलकुद मन्त्रालय परेको छ ।

कांग्रेसका धनराज गुरुङ कानुन, न्यान तथा संसदीय मामिला मन्त्री र मोहनबहादुर बस्नेत स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त भएका छन् । सांसदिय निर्वाचनमा लिम्बु मोरङ क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए ।

October 9, 2024

खेलकुद विकास कार्यक्रम विज्ञमा थापा मनोनित

हेटौंडा (हाम्रो खेलकुद)- बागमती प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले खेलकुद विकास कार्यक्रम विज्ञको रुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका उपाध्यक्ष दीपक थापालाई मनोनित गरेको छ । खेलकुद मन्त्री मीनकृष्ण महर्जनले बागमती प्रदेशको समग्र खेल क्षेत्रको विकासका लागि सल्लाह सुझाव तथा आवश्यक नीति निर्माणमा सहयोग हुने विश्वासका साथ थापालाई जिम्मेवारी दिएका हुन् । खेलकुदसंग सम्बन्धित विकास […]

October 9, 2024

विष्टले विश्व ओलम्पियन संघको साधारण सभामा भाग लिने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पियन संघ (एनओए) का अध्यक्ष दीपक विष्ट स्विटजरल्यान्डको लउजानमा हुने विश्व ओलम्पियन संघको साधारण सभामा भाग लिन त्यसतर्फ जाँदैछन् । साधारण सभा असोज २४ देखि २६ गते सम्म हुनेछ।साधारण सभाको मुख्य एजेन्डा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी अन्तर्गत विश्व ओलम्पियन संघको समायोजना रहेको विष्टले बताए । त्यस क्रममा विश्व ओलम्पियन संघको निर्वाचन पनि […]

October 8, 2024

राष्ट्रिय ब्लिट्ज तथा र्यापिड बुद्धिचाल हुने

काठमाडौं (हाम्रो खेलकुद)– प्रथम राष्ट्रिय ब्लिट्ज बुद्धिचाल तथा दोश्रो राष्ट्रिय र्यापिड बुद्धिचाल प्रतियोगिता कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिकामा अर्को महिना आयोजना हुने भएको छ । काठमाडौं स्पोर्ट्स एकेडेमी र नेपाल बुद्धिचाल महासंघको संयुक्त आयोजनामा कात्तिक ५ देखि ७ गते सम्म हुने राष्ट्रिय ब्लिट्ज उपाधि विजेताले २० हजार रुपैयाँ पाउनेछन् । दोस्रो हुनेले १४ , तेस्रोले ९, […]

Success

Thank you for your time.