2 years ago
May 23, 2023
दोलखा (हाम्रो खेलकुद) – भारतका इन्द्रजित महिन्द्रकारले दोलखा खुला अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन् ।
पूर्व मन्त्री भीमबहादुर तामाङको स्मृतिमा दोलखा चेस होम नेपाल दोलखाको आयोजना भएको प्रतियोगितामा साढे ८ अंकका साथ उपाधि जितेका हुन् । बुधबार नवौं तथा अन्तिम चरणमा भारतका अपलोसना मनाङलाई पराजित गरेका थिए । इन्द्रजितले उपाधि सहित १ लाख रुपैयाँ प्राप्त गरे ।
दोलखाको कालिन्चोक माध्यमिक स्कुलमा संचालन भएको प्रतियोगितामा भारतका बेदान्त नगरकाटे दोस्रो र मोहित कुमार तेस्रो स्थानमा रहे । बेदान्तले ६० हजार र मोहितले ४० हजार रुपैयाँ पाए । नवौ चरणको खेलमा बेदान्तले नेपाल च्याम्पियन फिडे मास्टर रुपेश जैसवाललाई निरास बनाए । मोहितले सुशुरत दाहाललाई पराजित गरे ।
शीर्ष दश भित्र भारतिय खेलाडीहरुको वर्चस्व रहेको प्रतियोगितामा धनविर सिं चौथो र राहुल सोराम पाँचौ स्थानमा रहे । प्रियान्सु बरुवा , अपलोसनम मानाङ, अनुष्का गुप्ता , कृष्ण कुमार र रुपेश जैसवाल क्रमशः छैठौं देखि दशौ स्थानमा रहे। पूर्व नेपाल च्याम्पियन नविन तण्डुकार भेट्रान तर्फ उत्कृष्ट भए भने अनरेटेडमा भारतका संकल्प सिं पहिलो भए ।
महिलातर्फ श्रीलंकी आई एम सचिन रणसिंगे विजय भइन् । विजेता खेलाडीलाई संघिय सांसद तथा पुर्व मन्त्री शंकर भण्डारीले पुरस्कार वितरण गरे । नेपाल ,भारत , श्रीलंका , अमेरिकाका गरि १ सय ५६ जना खेलाडीहरुको सहभागीता रहेको प्रतियोतामा कुल ४ लाख ८३ हजार रुपैयाँ पुरस्कार रहेको थियो ।
January 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतमा सम्पन्न खो खो विश्व कपमा ऐतिहासिक रजत पदक जितेको नेपाली महिला र पुरुष टोली स्वदेश फर्केको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमवार नेपाली टिमलाई बाजा गाजा सहित भव्य स्वागत गरियो। युवा तथा खेलकुद मन्त्रालयका सचिव हरि प्रसाद लम्साल, राष्ट्रिय खेलकुद परिषद (राखेप) का उपाध्यक्ष ध्रुव आचार्य, सदस्य सचिव टंकलाल घिसिङ, परिषदका सदस्य, […]
January 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली पुरुष टोली पनि भारतमा भएको खो खो विश्व कपमा दोस्रो भएको छ । दिल्लीस्थित इन्दिरा गान्धी रंगशालामा आइतवार आयोजक भारतसँग ५४-३६ ले पराजित हुँदै नेपाल उप विजेता बनेको हो । समूह चरणमा पनि नेपाल भारतसँग नै पराजित भएको थियो। नेपालले सेमिफाइनलमा शनिवार इरानलाई ७२-२० ले हराउँदै अन्तिम दुईको यात्रा तय गरेको […]
January 19, 2025
काठमाडौं (हाम्रो खेलकुद) – खो खो विश्वकपको महिलातर्फको फाइनलमा नेपाल घरेलु टोली भारतसँग फराकिलो अन्तरले पराजित हुँदै उपविजेतामा सिमित भएको छ । नेपाल फाइनलमा ७८-४० अन्तरले पराजित भएको हो । दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर हलमा घरेलु टोलीले पहिलो टर्नदेखि नै दबाब कायम गरेको थियो । पहिलो टर्नमा आक्रमण गर्दै ३२ अंक जोडेको भारतले दोस्रो टर्नमा […]