3 years ago
May 25, 2023
बिर्तामोड (हाम्रो खेलकुद) – भारतको नयाँ दिल्लीमा सम्पन्न अन्तर्राष्ट्रिय आमन्त्रण कराते च्याम्पियनसिप २०२३ मा नेपाली खेलाडीले १० स्वर्णसहित १५ पदक जितेको छ ।

अखिल भारत सितेरियो कराते महासंघको आयोजनामा भएको च्याम्पियनसिप नेपालबाट झापा, इलाम र काठमाडौंका खेलाडी सहभागी थिए । च्याम्पियनसिपमा झापाका खेलाडीले सात स्वर्ण, तीन रजत, इलामका खेलाडीले एक स्वर्ण र काठमाडौकाले दुई स्वर्ण र दुई कास्य पदक जितेको प्रमुख प्रशिक्षक मीना पाठकले जानकारी दिइन् ।
स्वर्ण पदक जित्नेहरुमा झापाका मोहित प्रसाईंले २० केजी र काता गरी दुई, अनिश न्यौपानेले २५ केजी र काता गरी दुई, डेनिशा न्यौपानले ३५ केजी र काता गरी दुई र एलिजा घिमिरेले ६८ केजी तौलमा छन् । त्यस्तै, झापाका सानोबाबु अधिकारीले ४० केजी, युनिशा न्यौपानेले ३० केजी र प्रियांका श्रेष्ठ ५० केजी तौलले रजत पदक जिते ।

इलामका प्रतिक बस्नेतले ५० केजी तौल समूहमा स्वर्ण जिते भने काठमाडौंका श्रीयास धितालले ३५ केजी र एनिश गिरीले ३० केजीले स्वर्ण जितेको पाठकले बताइन् । काठमाडौंकाा श्रीयास धितालले र एनिश गिरीले कातामा कास्य पदक जिते । प्रतियोगितामा नेपालबाट सातजना रेफ्री, तीनजना अफिसियल र १० जना खेलाडी सहभागी थिए ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]