3 years ago
May 25, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पियन संघले अर्को साता पोखरामा दोस्रो ओलम्पियन पूर्नमिलन तथा ओलम्पियन सम्मान कार्यक्रम आयोजना गर्ने भएको छ ।
पोखरा महानगरपालिकाको खेलकद विकास समिति र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ, कास्कीको संयोजनमा जेठ १९ देखि २१ गते सम्म पूर्नमिलन तथा सम्मानलगायत विभिन्न कार्यक्रम आयोजना गर्ने संघका महासचिव राजेन्द्र भण्डारीले बिहीबार प्रेस विज्ञप्तीमार्फत जानकारी गराएका छन् ।
संघको आयोजनामा पहिलो ओलम्पियन पूर्नमिलन तथा सम्मान कार्यक्रम गत वर्ष असारमा काठमाडौंमा भएको थियो । उपत्यका बाहिर पनि कार्यक्रम आयोजना गर्ने उद्देश्य अनुरुप यसपटक पोखरामा आयोजना गर्न लागिएको संघले जनाएको छ ।
जेठ १९ गते ओलम्पियनहरु पोखरा पुग्ने तथा जेठ २० गते बिहान प्रभात फेरी र सोही साँझ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको मुख्य आतिथ्यतामा पूर्नमिलन तथा सम्मान कार्यक्रम हुने बताइएको छ ।
जेठ २१ गते गण्डकी प्रदेशका खेलाडी, खेलकर्मी तथा खेलप्रेमीहरुसँग ओलम्पियनहरुको अन्तरक्रिया कार्यक्रम समेत राखिएको संघले जनाएको छ । सन् १९६४ देखि २०२० सम्म भएको ओलिम्पिकमा देशको प्रतिनिधित्व गर्ने ओलम्पियनहरुलाई एकै थलोमा सहभागी गराउन कार्यक्रम आयोजना गरिएको विज्ञप्तीमा उल्लेख छ ।
नेपालले पहिलो पटक सन् १९६४ मा जापानको टोकियो ओलम्पिकबाट औपचारिक रुपमा ओलम्पिकमा सहभागिताता जनाउन सुरु गरेको र झण्डै ६ दशकको अन्तरालमा ९० जना नेपाली खेलाडीले ग्रिष्म (८८ जना) र शितकालिन ओलम्पिक (२ जना) मा सहभागिता जनाएको जनाएको छ । त्यसमध्ये १० जना स्वर्गिय भइसकेको र केहि ओलम्पियन विदेशमा रहेकाले झन्डै ५० जना ओलम्पियनको यसपटक सहभागिता रहने विश्वास संघले राखेको छ ।
सर्भिस टु सोसाइटी, सर्भिस टु ओलम्पियन भन्ने नाराका साथ विश्व ओलम्पियन महासंघको स्थापना भएको उल्लेख गर्दै विज्ञप्तीमा भनिएको छ, सोही महासंघमा आबद्ध रहि नेपालमा नेपाल ओलम्पियन्स संघको गठन भएको थियो । खेल जीवनपछि पनि विभिन्न कार्यक्रममार्फत सामाजिक काममा आबद्ध हुन ओलम्पियनहरुलाई अभिप्ररित गर्ने उद्देश्यका साथ पूर्नमिलनलगायत अन्य कार्यक्रमको आयोजना गर्न लागिएको हो ।
कार्यक्रममा विश्व ओलम्पियन महासंघका प्रतिनिधिको सहभागिता रहने बताइएको छ । कार्यक्रमको स्थानिय व्यवस्थापनका लागि पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदारको संयोजकत्वमा १३ सदस्यीय समन्वय समिति तथा ५ सदस्यीय सल्लाहकार समिति गरिसकिएको संघले जनाएको छ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]