2 years ago
July 11, 2023
काठमाडौं (हाम्रो खेलकुद) – उपाधि दाबेदार न्यू डायमण्ड स्पोर्ट्स क्लबले सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगमा विभागीय टोली त्रिभुवन आर्मी क्लबमाथि रोमान्चक जित हात पारेको छ । न्यू डायमण्डले आर्मीलाई ३-२ को सेटमा पराजित गर्दै लगातार तेस्रो जित हात पारेको हो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको खेलमा न्यू डायमण्डले २५-१५, २५-२१, १९-२५, २२-२५ र १५-९ को सेटमा जित निकालेको हो । न्यू डायमण्डले सुरुवाती दुई सेट सहजै जितेको थियो । तेस्रो सेटमा पनि न्यू डायमण्डले अग्रता लिँदै सहजै जित निकाल्ने सम्भावना देखाएको थियो ।
तर १५-१३ को अवस्थामा दुई अंकले अग्रता लिँदा प्रतिभा मालीलाई विश्राम दिएको थियो । प्रमुख स्पाइकर मालीलाई विश्राम दिने निर्णय न्यू डायमण्डलाई भारी परेको थियो । माली नहुँदा त्यसको फाइदा उठाउँदै आर्मीले लगातार पाँच अंक बटुल्दै अग्रता लिएको थियो । १६-१६ को बराबरीबाट पुन आर्मीले अग्रता लिँदै जितको आधार तय गर्यो ।
चौथो सेट निकै प्रतिस्पर्धात्मक भएको थियो । तर एक समय १३-१३ को बराबरीमा थियो । आर्मी १५-१४ को अवस्थाबाट लगातार चार अंक जोडेपछि जितको सम्भावना बलियो बनाएको थियो । न्यू डायमण्ड १९-२० को अवस्थामा थियो । तर त्यसपछि पुन अंक गुमाउँदै हार्न पुग्यो ।
निर्णायक सेटमा भने न्यू डायमण्डले लगातार ७ अंक जोड्दै जितको आधार तय गरेको थियो । एक समय १२-३ को सहज अवस्थामा थियो । त्यसपछि आर्मीले खेलमा पूनरागमन गरेपनि जितको लागि धेरै ढिला भएको थियो । आर्मीको यो लगातार तेस्रो हार हो ।
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]
December 6, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]