default_image

1 year ago

July 26, 2024

ओलम्पिक आज सुरु हुँदै, स्यान्टु र प्रिन्सले भोलि खेल्ने

1233 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– विश्व खेलकुदको महाकुम्भका रुपमा स्थापित ओलम्पिकको ३३ औं ग्रिष्मकालिन ओलम्पिक ‘पेरिस ओलम्पिक) आज औपचारिक सुरुवात हुँदैछ । नेपाल समय अनुसार राति ११ः१५ बजे ओलम्पिकको उद्घाटन समारोह सुरु हुनेछ ।

विश्वका २ सय ६ देशका १० हजार भन्दा बढी खेलाडीको यसपटकको ओलम्पिकका सहभागिता रहनेछ । पेरिस सहरलाई उद्घाटन समारोहका लागि प्रयोग गरिने बताइएको छ । ३ लाख भन्दा दर्शकले प्रत्यक्ष उद्घाटन समारोह हर्ने विश्वास गरिएको छ ।

ओलम्पिक सहभागी खेलाडीको मार्च सेन नदीमाथि अगाडि बढ्ने ढुंगामा हुनेछ । ओलम्पिकलाई नै लक्षित गरेर सेन नदीलाई सफा गरिएको थियो । १६ दिन सम्म चल्ने ओलम्पिकमा कुल ३२ खेलको ३ सय २९ विधामा प्रतिस्पर्धा हुनेछ । पदकमा आइफल टावरबाट झिकिएको फलामको अंश पनि रहनेछ । ओलम्पिकमा ९ अर्ब युरो खर्च हुनेछ ।

मार्च पासमा नेपाली खेलाडी टेबल टेनिसका स्यान्टु श्रेष्ठ र जुडोकी मनिता श्रेष्ठ प्रधानले झण्डा बोक्ने नेपाल ओलम्पिक कमिटी (एनओसी) ले यसअघि नै सार्वजनिक गरिसकेको छ । १६ दिन सम्म चल्ने ओलम्पिकमा स्यान्टु र मनितासहित एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, ब्याडमिन्टनका प्रिन्स दाहाल, पौडीका एलेक्स शाह र डुवाना लामा तथा सुटिङकी सुस्मिता नेपाल छन्‌ ।

विगतमा जस्तै टोलीमा खेलाडी, प्रशिक्षक भन्दा अफिसियल बढी रहेको भन्दै एनओसीको आलोचना हुँदै आएको छ । प्रिन्स विना प्रशिक्षक ओलम्पिक खेल्दै छन् । ७ खेलाडीसहित २७ जना नेपालको ओलम्पिक टोलीमा रहेको बताइएको छ ।

स्यान्टु र प्रिन्सले भोली खेल्ने
छनोट चरण पार गरेर ओलम्पिक पुगेका नेपाली टेबल टेनिस स्टार स्यान्टुले सेनेगलका इब्राहिमा डियासँग शनिबार खेल्नेछन् । त्यस्तै समूह पीमा रहेका प्रिन्सले पहिलो खेल विश्व वरियताको दोस्रो स्थानमा रहेका डेनमार्कका भिक्टर एक्सेल्सनसँग खेल्नेछन् ।

स्यान्टु दक्षिण एसियाको छनोट पार गर्दै ओलम्पिक पुगेका थिए । सन् १९६४ बाट ओलम्पिकमा भाग लिन सुरु गरेको नेपालका लागि छनोट चरण पार गरेर ओलम्पिक खेल्ने स्यान्टु तेस्रो खेलाडी हुने ।

यसअघि सन् २००४ को एथेन्स ओलम्पिकका लागि संगिना वैद्य र २००८ को बेजिङ ओलम्पिकमा दीपक विष्टले छनोट चरण पार गरेर सहभागिता जनाएका थिए । वैद्य र विष्ट दुवै तेक्वान्दोबाट छनोट भएका थिए । स्यान्टु टेबल टेनिसबाट ओलम्पिकमा छनोट हुने पहिलो र समग्रमा तेस्रो नेपाली खेलाडी हुन् ।

December 2, 2025

जनकपुरको पाँचौं खेलमा पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद)- साविक विजेता जनकपुर बोल्ट्सले पाँचौं खेलमा आज पहिलो जित निकाल्दै नेपाल प्रिमियर लिग (एपिएल) दोस्रो सिजनको प्ले अफ सम्भावनालाई जीवित राखेको छ। उच्च योगफलको खेलमा जनकपुरले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको छ। जनकपुरको जितमा माज सदाकत र अनिल साहले अर्धशतक बनाए। जितको लागि १ सय ७७ रनको चुनौती जनकपुर बोल्ट्सले १७. ३ […]

November 3, 2025

मिस्टिक माउन्टेन टेनिस हुँदै

काठमाडौं (हाम्रो खेलकुद)- होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । होटल मिस्टिक माउन्टेनको आयोजनामा प्रतियोगिता मंगलवारदेखि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुँदैछ। प्रतियोगितामा ७ उमेरसमूह र २ खुला गरी जम्मा १६ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक सूर्यभूषण वज्राचार्यले जनाएका छन् । यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ र यु–१६ ब्वाइज/ गर्ल्स […]

September 1, 2025

लेख र निशानको जोडी च्याम्पियन

सुशील पन्त क्षेत्री, चितवन तेस्रो स्व सूर्यप्रसाद श्रेष्ठ स्‍मृति रनिङ शिल्ड आठौं जिल्ला स्तरीय एकल अन्तर विद्यालय तथा वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । चितवन जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भरतपुर कभर्ड हलमा प्रतियोगिता भएको हो । प्रतियोगिता अन्तर्गत खुला वडा स्तरीय पुरुष डबल्सतर्फ भरतपुर १९ का लेख गुरुङ र निशान गुरुङको जोडी प्रथम […]

Success

Thank you for your time.