2 years ago
August 11, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघले ११ जनाको सल्लाहकार समिति गठन गरेको छ । संघको कार्यसम्पादनको शुक्रबार बसेको बैठकले सल्लाहकार समितिसँगै ५ सदस्यीय रेफ्री कमिसन तदर्थ समिति गठन गरेको छ ।

संघका उपाध्यक्ष हरकसिंह धामीको संयोजकत्वमा रहेको रेफ्री कमिसन तदर्थ समितिलाई बढीमा छ महिना भित्र रेफ्रीहरुको राष्ट्रिय भेला गरि निर्वाचन गराउने जिम्मेवारी दिइएको संघका महासचिव तथा प्रवक्ता रोशन श्रेष्ठले जानकारी दिए ।
रेफी कमिसनको तदर्थ समितिको संह संयोजकमा संघका अर्का उपाध्यक्ष यामबहादुर गुरुङ तथा सदस्यहरुका राष्ट्रिय भलिबल टोलीका पूर्व कप्तान भरतबहादुर शाह, जीतेन्द्र श्रेष्ठ र श्रीराम बोगटी रहेका छन् । राष्ट्रिय भेलाले चार महिलासहित १३ सदस्यीय रेफ्री कमिसन निर्वाचित गर्ने बताएको छ ।
११ सदस्यीय संघको सल्लाहकार समितिको सदस्यमा शंकरप्रसाद कोईराला, दुर्जकुमार राई, रमेशप्रसाद खरेल, दीलवहादुर कार्की,रामचन्द्र भण्डारी,मिनध्वज खड्का,ज्योती के.सी, इन्दिरा निरौला,सावित्री अधिकारी, नारायण शर्मा पौडेल र हरि पराजुली रहेका छन् ।
संघले भदौ २३ गते संखुवासभाको खाँदबारीमा हुने १० औं बार्षिक साधारण सभाको तयारी सुरु गरेको जनाएको छ । साधारण सभामा ७७ जिल्ला संघका अध्यक्ष, ७ प्रदेशका अध्यक्ष, महासचिव तथा भलिबल प्रबर्धनमा सहयोग गर्ने प्रायोजकलगायतका अन्य व्यक्तितको सहभागिता रहने महासचिव श्रेष्ठले बताए ।
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]
December 6, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]