2 years ago
September 22, 2023
हाङ्गचौ (हाम्रो खेलकुद) – नेपालका अन्तर्राष्ट्रिय भलिबल रेफ्री पूर्ण प्रसाद चौलागाईं चीनको हाङ्गचौमा जारी १९ औं एसियाली खेलकुदको पुरुष भलिबलमा खेल संचालनका क्रममा विभिन्न जिम्मेवारी निर्वाह गरेका छन् ।

उद्घाटन समारोह अघि नै सुरु भएको पुरुष भलिबलमा चौलागाईंले विगत चार दिन देखि हरेक दिन जिम्मेवारी पाउँदै आएका छन् । शुक्रबार उनले जापान र काजक्सतानबीचको खेलमा च्यालेन्ज रेफ्रीको भूमिका निर्वाह गरेका थिए ।
त्यसअघि दोस्रो दिन बुधबार उनले पाकिस्तान र चाइनिज ताइपेको खेलमा सेकेन्ड रेफ्रीको जिम्मेवारी पाएका थिए । त्यस्तै तेस्रो दिन बिहीबार चौलागाईंले कतार र हङकङबीचको खेलमा पनि दोस्रो रेफ्रीको भूमिका निर्वाह गरेका थिए ।
एसियाडमा मौका पाउनुलाई चौलागाईंले रेफ्री जीवनको ठूलो उपलब्धिको रुपमा लिएका छन् । ‘अत्याधुनिक स्रोत सुबिधामा खेलाउन पाउँदा निकै खुसी छु । सुरुका दिनमा केहि अत्तालिएको थिए । तर जुरीहरुले तिम्रो प्रदर्शनमा सुधार छ भने पछि मनोबल बढ्यो ,’ चौलागाईंले भने, ‘हरेक दिन म्याच पाइरहेको छु । नयाँ नियम, प्रविधिसँग अभ्यस्त हुन पाएको छु । सिनियर रेफ्रीहरुसँगै खेलाउन मौका पाउनु उपलब्धि मानेको छु ।’
गत मेमा चौलागाईंसहित चार नेपाली एभिसी इन्टरनेसनल रेफ्री क्यान्डिडेटबाट अन्तर्राष्ट्रिय रेफ्री बन्न सफल भएका थिए । नेपालमा भएको काभा महिला भलिबल च्यालेन्ज कपमा मुख्य रेफ्रीको भूमिकामा दुई अन्तर्राष्ट्रिय खेल खेलाएसँगै चौलागाईं सहित टहलसिंह थापा, विजय केसी र विकास गुरुङ अन्तर्राष्ट्रिय रेफ्रीमा बढुवा भएका थिए ।
सन् २००९ क्षेत्रिय रेफ्री बनेका जुम्लाका चौलागाईं २०१३ मा राष्ट्रिय रेफ्री बनेका थिए । सन् २०१५ मा थाइल्यान्डमा सिनियर रेफ्री रिफ्रेसर कोर्ष पूरा गरेका उनी २०१७ को मेमा इन्टरनेसनल रेफ्री क्यान्डिडेट कोर्ष पूर्ण गर्दै इन्टरनेसनल रेफ्री क्यान्डिडेट बनेका थिए ।
चौलागाईंले दक्षिण एसियाली खेलकुद (साग) र सेन्ट्रल जोनलगायतका अन्तर्राष्ट्रिय प्रतियोगितामा रेफ्रीको भुमिका निभाइसकेका छन् । जारी एसियाडमा ब्याडमिन्टनका उदय अर्याल र तेक्वान्दोका कोशिसबहादुर खड्काले पनि रेफ्रीको भूमिका निर्वाह गर्ने बताइएको छ ।
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]
December 6, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]