2 years ago
October 6, 2023
काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंकामा आयोजना हुने काभा पुरुष भलिबल च्यालेनज कप २०२३ मा भाग लिन नेपाली पुरुष भलिबल टोलीलाई विदाई गरिएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का निमित्त सदस्य सचिव प्रकाश कुमार कुसारीले शुक्रबार टोलकिो विदाई गरे । असोज २२ देखि २८ गते सम्म हुने च्याम्यिनसिपमा भाग लिन नेपाली टोली आइतबार त्यसतर्फ जानेछ ।
नक्सालस्थित क्राउन प्लाजामा आयोजित कार्यक्रममा निमित्त सदस्य सचिव कुसारीले खेलाडीहरुको खेलस्तर उच्च स्तरको रहेको भन्दै प्रतियोगितमा सफलताका लागि शुभकामना दिए ।
विदाई कार्यक्रमका दौरान नेपाली भलिबलको खेल स्तर अभिबृद्धि गर्न पु¥याएको योगदानको कदर गर्दै नेपाली टिमका मुख्य प्रशिक्षक हान आविङ्गलाई प्रशंसापत्र प्रदान गरिएको थियो । आविङ्ग अन्तर्राष्ट्रिय भलिबल महासंघको सहयोगमा नेपाली टोलीको प्रशिक्षणका लागि नेपालमा छन्।
प्रतियोगितामा ६ टोलीको सहगिता रहेको छ । राउन्ड रोविन लिगपछि अंकतालिकाका शीर्ष २ टोलीले फाइनल तथा त्यसपछिका दुई टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् । नेपालले असोज २२ गते बंलादेशसँग खेल्दै च्यालेन्ज कपको सुरुवात गर्नेछ ।
नेपालले दोस्रो खेल असोज २३ गते श्रीलंकासँग, तेस्रो खेल असोज २४ गते अफगानिस्तानसँग खेल्नेछ । असोज २५ गते आराम दिइएको च्यालेन्ज कपमा नेपालले असोज २६ गते साउदीसँग र असोज २७ गते उज्वेकिस्तानसँग खेल्नेछ ।
फाइनल र तेस्रो स्थानको खेल असोजज २८ गते हुनेछ । चीनमा जारी १९ औं एसियाली खेलकुदमा भाग लिएर फर्केको नेपाली टोली त्यसपछि नियमित प्रशिक्षणमा रहेको छ ।
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]
December 6, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]