2 years ago
October 7, 2023
हाङ्गचौं (हाम्रो खेलकुद) – गणेश गुरुङ १९औं एसियाली खेलकुद (एसियाड) अन्तर्गत कानोइङ स्लालोमअन्तर्गत पुरुष कायाकको फाइनल चरणमा प्रवेश गरेका छन् ।

फुयाङ वाटर स्पोर्ट्स सेन्टरमा शनिबार भएको सेमिफाइनल चरणको खेलमा गणेश शीर्ष दशमा रहँदै फाइनलमा प्रवेश गरेका हुन् । शुक्रबार हिट चरणमा शीर्ष १६ मा पर्दै गणेश सेमिफाइनल चरणमा पुगेका थिए ।फाइनल चरणमा दश खेलाडीबीच प्रतिस्पर्धा हुनेछ । त्यसमा शीर्ष ३ मा पर्ने खेलाडीले पदक जित्नेछन् ।

एसियाडको महिला भलिबलमा नेपाली टोली ११ औं स्थानमा रहन सफल भएको छ । मंगोलियालाई शनिबार ३–२ ले हराउँदै नेपाली टोली ११ औं भएको हो । यसअघि सबै खेल हारेको नेपालले उत्कृष्ट पूनरागमन गर्दै मंगोलियामाथि जित निकालेको थियो । नेपाल १७–२५, २५–१८, २५–२१, १८–२५ र १५–१२ ले विजयी भएको थियो ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]