default_image

2 years ago

November 15, 2023

गण्डकीका भलिबल खेलाडी सन्तोषको मोइटसाइल दुर्घटनामा निधन

14023 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेश भलिबल टोलीका सदस्य सन्तोष बहादुर थापा मगरको मोटरसाइकल दुर्घटनमा परेर निधन भएको छ ।

स्थानिय भलिबल प्रतियोगितामा भाग लिएर फर्कने क्रममा मंगलबार राती ११ बजेको आसपासमा उनी मोटरसाइल दुर्घटनामा परेका थिए । स्याङ्जा चापाकोट नगरपालिका २ धुर्कोट फर्कने क्रममा बीच बाटोमा दुर्घटनामा परि २२ वर्षे सन्तोषको मृत्यु भएको खबर पाएको एपिएफ भलिबल टोलीका कप्तान महेन्द्र श्रेष्ठले जानकारी दिए ।

चापाकोट ८ दुर्दाङमा उनको मोटरसाइटल दुर्घटनामा परेको बताइएको छ । ‘पछिल्लो समय सन्तोष एपिएफबाट खेल्दै आएका थिए । हाम्रो क्लबबाट एनभिए, लामाचौर र किङ्स कप खेलेका थिए’, श्रेष्ठले भने, ‘क्लबले नै करारमा राख्ने भन्ने बारेमा छलफल भइरहेको थियो ।’

सन्तोषले गत वर्ष नवौं राष्ट्रिय खेलकुद तथा टाइगर कपको तीनै संस्करण गण्डकी प्रदेशबाट खेलेका थिए । सन्तोषका बुवा, आमा र श्रीमती छन् ।

November 17, 2025

नेपालले एसियन डजबल च्याम्पियनसिपमा भाग लिने

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले एसियन डजबल च्याम्पियनसिपमा भाग लिने भएको छ। मलेसियामा हुने च्याम्पियनसिपमा भाग लिन १८ सदस्यीय नेपाली राष्ट्रिय डजबल टोली मंगलवार मलेसिया प्रस्थान गर्दैछ। मंसिर ४ देखि ७ गतेसम्म मलेसियन एसोसिएसन अफ डजबलको आयोजनामा हुने च्याम्पियनसिपमा नेपाल पहिलो पटक रुपमा सहभागी हुँदैछ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंक लाल घिसिङले टोलीलाई […]

November 17, 2025

जेम्स स्कुल सेल्फ डिफेन्स कार्यशाला

ललितपुर (हाम्रो खेलकुद)- धापाखेलस्थित जेम्स स्कुलमा रोटाकिड्स नेपालले रोटरी ई क्लब अफ डिस्ट्रिक्ट ३२९२, नेपाल र थन्डरबोल्ट्स डेभलपमेन्ट सेन्टरको सहकार्यमा ‘सेल्फ–डिफेन्स कार्यशाला २०२५’ आयोजना गरेको छ। ८ देखि १४ वर्ष उमेरका करिब ५० बालबालिकालाई लक्षित कार्यशालामा व्यक्तिगत सुरक्षा, स्थितिजन्य सजगता र आधारभूत आत्म–रक्षा सीप सिकाइयो। बालबालिकाको आत्मविश्वास, सजगता र सुरक्षाबोध बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको […]

November 15, 2025

पोखराको टाइगर कप भलिबल माघमा

काठमाडौं (हाम्रो खेलकुद) – टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा छैंटौं टाइगर कप भलिबल प्रतियोगिता माघमा हुनेछ। पोखरा रंगशाला भित्रको भलिबल कोर्टमा माघ ९ देखि १९ गते (२०२६ जनवरी २३ देखि ३१ ) अन्तर्राष्ट्रिय क्लब–स्तरीय पुरुष र महिलाको भलिबल प्रतियोगिता हुने शनिवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। टाइगर समूहले प्रतियोगिताको लागि कान्तिपुर मिडिया ग्रुप […]

Success

Thank you for your time.