2 years ago
December 12, 2023
काठमाडौं (हाम्रो खेलकुद)- ओलम्पिक सोलिडारिटीको डेभलपमेन्ट अफ नेसनल स्पोर्ट्स सिस्टम (डिएनएसएस लेभल टु कोर्स) प्रशिक्षक प्रशिक्षण मंगलबार सम्पन्न भएको छ ।

नेपाल हकी सङ्घले नेपाल ओलम्पिक कमिटी (एनओसी)को सिफारिसमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीअन्तर्गतको ओलम्पिक सोलिडारिटीअन्तर्गत हकीका तीन प्रशिक्षण कार्यक्रमको आयोजना भएका थिए । पाकिस्तानका जाहिद अलीले एक साताको प्रशिक्षण दिएका थिए।
यसअघि, असारमा ओलम्पिक सोलिडारिटीको सहयोग र अन्तर्राष्ट्रिय हकी महासंघको प्राविधिक सहयोगमा नेपाल हकी संघले ३३ जना प्रशिक्षक सहभागी डिएनएसएस लेभल वन कोर्स आयोजना गरेको थियो । संघले गत कात्तिकमा ३८ जनालाई एफआइएजए–एएचएफ नेपाल अम्पायरिङ कोर्सको आयोजना पनि गरिएको थियो ।
एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले समापन कार्यक्रममा ७० वर्ष पुरानो नेपाल हकी संघ विगतमा खासै सक्रिय नभएपनि हाल हकीको विकास र प्रवद्र्धनमा संघले राम्रो कार्य गरिरहेको मध्यनजर गरी एनओसीले हकी संघलाई यो ओलम्पिक सोलिडारिडी कार्यक्रम सिफारिस गरेको बताए ।
हकी संघका अध्यक्ष अनिल शर्माले ओलम्पिक सोलिडारिटीअन्तर्गतका तीनै कार्यक्रम प्रभावकारी भएको र यस कार्यक्रमबाट उत्पादन भएका दक्ष जनशक्तिसँग मिलेर हकीको विकास र प्रवद्र्धनमा काम गर्ने बताए।
हकी संघले घरेलु हकीको विकासमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै पूर्व प्रमुख प्रशिक्षक अशोक पाण्डेलाई सम्मान पनि गरेको छ ।
हकी संघले मंगलबार वार्षिक क्यालेन्डर पनि सार्वजनिक गरेको छ । जसअनुरुप डिएनएसएस लेभल टु प्रशिक्षक प्रशिक्षणबाहेक अन्य सात हकी प्रतियोगिता पनि सामेल छन् ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]