2 years ago
December 19, 2023
हिमाल खरेल, बिर्तामोड
कोशी प्रदेश खेलकुद विकास बोर्डले आयोजना गर्ने मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता यो वर्ष पहाडी जिल्ला संखुवासभामा हुने भएको छ ।

सदरमुकाम खाँदबारीमा हुने प्रतियोगिता फागुन १५ गतेदेखि १९ गतेसम्म सञ्चालन हुने बोर्डका सदस्य सचिव हंशराज वाग्लेले जानकारी दिए ।
कोशी प्रदेश भलिबल संघ र संखुवासभा जिल्ला खेलकुद विकास समितिको सहकार्यमा हुने प्रतियोगिताको संयोजन संखुवासभा जिल्ला भलिबल संघले गर्ने जनाइएको छ ।
प्रतियोगितामा सातवटा प्रदेशका टिम, नेपाल आर्मी, नेपाल एपिएफ र नेपाल प्रहरीको गरी १० टिमको सहभागिता रहनेछ ।
प्रतियोगिताको विजेताले ट्रफीसहित ३ लाख र दोस्रो एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । तेस्रो हुने टोलीले ५० र चौथो टोलीले ३० हजार रुपैयाँ पाउने छ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार, ट्रफी तथा विधागत खेलाडीले १० हजार रुपैयाँ पाउने छन् ।
यसअघि वैशाख १६ गते दमकमा सम्पन्न कोसी प्रदेश प्रथम मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेशले जितेको थियो ।
कोशी प्रदेशलाई सोझो सेटमा हराउँदै गण्डकीले उपाधि जितेको थियो । फाइनलमा गण्डकीले २५–१९, २५–२० र २५–१० ले जितेको थियो ।
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]
December 6, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]