2 years ago
December 21, 2023
हिमाल खरेल, बिर्तामोड
झापाको दमकले ताप्लेजुङको दोभानमा सम्पन्न अन्तरजिल्ला क्लबस्तरीय आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।

ताप्लेजुङको मुकेश मेमोरियल क्लबलाई सोझो सेटमा हराउँदै दमकको पाथिभरा टाइगर भलिबल क्लब च्याम्पियन बनेको हो ।
दोभान बजारमा आज बिहीबार भएको फाइनल खेलमा दमकले ताप्लेजुङलाई २५–१४, २५–१९ र २५–१९ को सेटमा पराजित गर्यो ।
उपाधिसँगै झापाले ३ लाख २ हजार रुपैयाँ र दोस्रो टोली ताप्लेजुङले १ लाख ५१ हजार रुपैयाँ पायो ।प्रतियोगितामा भारत सिक्किमको नाम्ची क्लबसहित ८ टोलीको सहभागिता थियो ।
फाइनल खेलेका दुबै टोलीको कप्तानी एकैघरका दाजुभाइले गरेकाले खेल रोमाञ्चक बनेको थियो । दमकको नेतृत्व गरेका मुस्कान खुदाङ र ताप्लेजुङ टोलीको नेतृत्व गरेका मुकेश दाजुभाइ हुन् । उनीहरु सिदिङवा गाउँपालिका–७ सुरुमखिमका हुन् ।
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]
December 6, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]