2 years ago
December 26, 2023
विजय नेपाली, पोखरा
गण्डकी प्रदेश खेलकुद परिषदको आयोजना तथा नेपाल मुवाँथाई अर्गनाइजेसनको संयोजनमा पोखरा राष्ट्रिय स्तरको मुवाँथाई प्रतियोगिता सम्पन्न भएको छ ।

पोखरा ६ लेकसाइडस्थित नेपाल ट्रस्टको चौरमा सोमबार १६ फाइट भएको थियो । १६ मध्ये ७ प्रोफेसनल, ७ सेमि प्रोफेसन र २ एमेच्याोर फाइट भएका थिए । एक प्रतिस्पर्धा अवधारणा (वान फाइट सिस्टम) अनुसार भएको च्याम्पियनसिपमा हरेक खेलको विेता र दोस्रो हुने खेलाडीले नगद पुरस्कार प्राप्त गरे ।
प्रो–फाइटतर्फ स्ट्रोङगेस्ट मुवाँथाईका ज्ञानेन्द्र सिंहले गालाकका आकेश केसीलाई (५७ केजी फेदरवेट) मा हराए । यस्तै राइनो मुवाँथाईका गुमान मगरले गोकर्णेश्वरका लाक्पा तामाङलाई (५५ केजी सुपर वेन्टमवेट) पराजित गरे । एरावान मुवाँथाईँ फाइट जिमका छिरिङ पल्देन शेर्पाले स्ट्रोङगेस्टका तेन्जिन राव्यान गुरुङलाई (६० केजी लाइट वेट) हराए ।
हिट मुवाँथाईका मिलन तामाङले लेखनाथ डोजो मुवाँथाईका मोस्सेस कुमाललाई (६३ सुपर लाइटवेट) पराजित गरे । सर्लाही मुवाँथाईका धर्मिन्दर रामले रकस्टार मुवाँथाईका प्रविन राईमाथि (५५ केजी सेपर वेन्टमवेट) जित निकाले । स्ट्रोङगेस्टकी सुस्मा चौधरीले एरवान मुवाँथाई फाइकी रजिना विष्टलाई (५० केजी फ्लाइवेट) ले पराजित गरिन् । जिमखाना मुवाँथाईका करण बर्जाचार्यले स्ट्रोङगेस्टका रोहित मगरलाई (६० केजी लाइटवेट) मा हराउँदै विजेता बने ।
सेमि–प्रो फाइटमा इस्ट्रोङगेस्टका रमित महर्जनले सोही मुवाँथाईका सुरेश नेपाली (किडफाइट), एपिएफका पेम्बा छिरिङले अल फाइट सिस्टम अर्गनाइजेसनका कर्णबहादुर मगराती (६० सुपर फेदरवेट), एपिएफकी रिना माझिले नेपाल मुवाँथाईकी ज्योती मल्ल (४५ केर्जी पिनवेट) हराइन् ।

स्ट्रोङगेस्टका सागर परियारले सिङ मुवाँथाईका गौतम थिङलाई (६३ सुपर लाइटवेट), पोखरा फाइट क्लबका रोनिस मगरले माउन्टेन मुवाँथाईका हविल तमाङलाई (५७ केजी फेदरवेट), अलफाइट सिस्टम अर्गनाइजेसनका रोशन अछामीले स्ट्रोङगेस्ट अनिस मगरलाई (५० केजी फ्लाइवेट), नेपाल मुवाँथाईका दिपेश गुरुङले टोटल फिजिकल फिट्नेसका सरोज तामाङलाई (५५ केजी सुपर वेन्टमवेट) हराउँदै विजेता बने ।
यस्तै एमेच्योर किड फाइटमा स्ट्रोङगेस्ट मुवाँथाईका रोहम नेपालले सोही क्लबका दृष्टान्त चालिसेलाई, एलाईट मुवाँथाईका विपिनजंग सुनारले व्यामशालाका तेन्जिङ जिन्पालाई (६० केजी सुपर फेदरवेट) हराउँदै विजेता बने । उनीहरु सबैेले नगद सहित मेडल र गिफ्ट प्राप्त गरे ।
प्रतियोगिताको उद्घाटन गर्दै नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले पोखरा पर्यटकको मात्र नभई खेलकुदको समेत राजधानी भएको सुनाए । उनले पर्यटन प्रवद्र्धनका लागि मुवाँथाई खेल समेत फेवातालको किनारमा गर्दा निकै खुसी लागेको बताए ।
प्रतियोगितामा नेपालका १९ क्लबका ३२ जना व्यावसायिक फाइटरहरुको सहभागिता रहेको प्रतियोगिता संयोजक खगेन्द्र क्षेत्रीले जानकारी दिए ।
–१६ च्याम्पियन हुनुपर्नेमा अन्यथा भएकोले सच्चाइएको छ।
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लबले दोस्रो जित निकालेको छ । आज भएको पहिलो प्रतिस्पर्धात्मक खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ सेटले पराजित गरेको हो । एपिएफ २५-१५,२२-२५,२५-१८,२५-१८ विजयी भएको हो । आर्मीले २२–२५ को सेट आफ्नो पक्षमा पारेको थियो । खेलको प्लेयर अफ द म्याच […]
December 3, 2025
हिमाल खरेल, बिर्तामोड झापाको अर्जुनधारामा सुरु अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लब र न्यु डायमन्ड क्लब विजयी भएका छन् । आज भएको उद्घाटन खेलमा एपिएफले एभरेस्ट लुम्बिनी क्लबलाई हराएको हो । एपिएफले एभरेस्ट लुम्बिनीलाई ३-० को सोझो सेटमा हराएको हो । एपिएफले ११-२५, १५-२५ र २२-२५ को सेटमा पराजित गरेको हो । एपिएफकी नेविका […]