2 years ago
December 29, 2023
पोखरा (हाम्रो खेलकुद) – अर्को महिना पोखरामा आयोजना हुने चौथो संस्करणको टाइगर कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला तथा पुरुष भलिबल प्रतियोगितामा भारत र श्रीलंकाको क्लबको पनि सहभागिता हुने भएको छ ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा हुने माघ १ गते देखि ६ गते सम्म हुने टाइगर कप महिला र पुरुषमा गरि १२ टोलीको सहभागिता रहने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा टाइगर ग्रुपका अध्यक्ष अध्यक्ष नारायण प्रसाद शर्माले बताए ।
टाइगर कपमा पहिलो पटक सहभागिता जनाउन भारत हरियाणा राज्यको महिला पुलिस क्लब पोखरा आउने भएको छ । त्यस्तै महिलातर्फ चन्द्रागिरी नगर पालिका न्यू डायमण्ड स्पोर्टस क्लब, आयोजक गण्डकी प्रदेश संगै ३ विभागिय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लबको र एपिएफ क्लब गरि ६ टोलीले प्रतिस्पर्धा गर्नेछन्।
पुरुषतर्फ श्रीलंकाको आर्मी टिमले पहिलो पटक सहभागिता जनाउने भएको छ । त्यस्तै हेल्प नेपाल स्पोर्टस क्लब, आयोजक टोली गण्डकी तथा ३ विभागिय टोली पुलिस, सेना र एपिएफले चुनौती पेश गर्नेछन्।
आयोजक टोलीले उपाधि रक्षाका लागि विदेशी खेलाडी भित्राउने तयारी गरिरहेको अध्यक्ष शर्माले बताए ।
दुबैतर्फको विजेता टोलीले समान ५ लाख ५५ हजार ५ सय ५५ , दोस्रो हुनेले २ लाख ५५ हजार ५ सय ५५ तथा तेस्रो हुनेले १ लाख २५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् ।

दुबैतर्फका सर्वोत्कृष्ट खेलाडीले २५ हजार ५ सय ५५ तथा विद्यागत उत्कृष्टले जनही१० हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् । हरेक खेलको प्लेयर अफ दि म्याचले केल्मी र एक्सटेपको टिसर्ट प्राप्त गर्नेछन् ।
तेस्रो संस्करणको उपाधि पुरुषतर्फ गण्डकी प्रदेश र महिलातर्फ एपिएएफले जितेकाे थियो।
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]
December 6, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]