2 years ago
December 31, 2023
हेटौंडा (हाम्रो खेलकुद) – एपिएफ र चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड युथ स्पाेर्टस् क्लबबीच हेटौंडामा जारी केशवलाल स्मृति खुल्ला राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा हुने भएको छ।

लिगमा अपराजित रहेको एपिएफ ११ अंकका साथ शीर्षस्थानमा रहँदै फाइनल पुगेको हो । ७ अंक जोडेको न्यु डायमण्ड अन्तिम खेलअघि उपाधि नजिक पुगेकाे हाे । एपिएफले लिगको आफ्नो अन्तिम खेलमा आइतबार नेपाल पुलिस क्लबलाई ३-१ को सेटमा हरायो ।
शुक्रबार त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा हराउँदै जितकाे यात्रा सुरूवात गरेको एपिएफले शनिबार घरेलु टोली छहारी युवा क्लबलाई ३–० काे सोझो सेटमा तथा न्यु डायमण्डमाथि ३–२ काे प्रतिस्पर्धात्मक जित निकाल्दै अपराजित रहेर फाइनलकाे यात्रा तय गर्न सपःल भयाे ।
आइतबार अर्को खेलमा न्यु डायमण्डले आर्मीलाई ३-१ काे सेटमा हरायो । पहिलो दिन शुक्रबार पुलिसलाई ३–१ ले हराएको न्यु डायमण्ड शनिबार एपिएफसँग ३–२ काे प्रतिस्पर्धात्मक सेटमा पराजित भएको थियो।

आइतबारका लागि तय न्यु डायमण्ड र छहारीको खेल सोमबार हुनेछ । ५ टोलीको सहभागिता रहेको प्रतियोगिताबाट छहारीसँगै पुलिस र बाहिरिसकेका छन् । फाइनल सोमबार दिउँसो हुनेछ । प्रतियोगिताको उपाधि विजेताले उपाधिसहित २ लाख र दोस्रो हुने टोलीले १ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

मकवानपुर जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको खेलकुद तथा व्यापार महोत्सवमा मकवानपुर जिल्ला भलिबल संघ र केशवलाल स्मृति केन्द्रीय प्रतिष्ठानको संयुक्त आयोजना प्रतियोगिता सन्चालन भएको हो । हेटौंडा उपमहानगरपालिकाले प्रतियोगितालाई प्रायोजन गरेको हो ।


November 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली टोलीले श्रीलंकामा जारी काभा महिला यु १९ च्याम्पियनसिपमा आज घरेलु टोलीलाई पराजित गरेको छ। नेपालले श्रीलंकालाई ३-१ ले हराएको थियो। नेपालले २५-१८,२६-२४,१९-२५,२५-२० विजयी भएको थियो। नेपालले आफ्नो पहिलो खेलमा कीर्गिस्तानसँग ३-२ ले पराजित भएको थियो। कीर्गिस्तान २२-२५,२५-१४,१८-२५,२५-२२,१५-९ विजयी भएको थियो। च्याम्पियनसिपमा ४ टोलीको मात्र सहभागिता छ। राउन्ड रोबिन लिगपछि अंक तालिकाको […]


November 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली टोलीले श्रीलंकामा जारी काभा महिला यु १९ च्याम्पियनसिपमा आज घरेलु टोलीको सामना गर्दै । नेपाल र श्रीलंकाबीचको खेल नेपाली समयअनुसार दिउँसो ४:१५ बजे सुरु हुनेछ। नेपालले आफ्नो पहिलो खेलमा कीर्गिस्तानसँग ३-२ ले पराजित भएको थियो। कीर्गिस्तान २२-२५,२५-१४,१८-२५,२५-२२,१५-९ विजयी भएको थियो। आज कीर्गिस्तान र माल्दिभ्सबीच पहिलो खेल हुनेछ। श्रीलंकाले आफ्नो पहिलो खेलमा […]


November 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- जन जी आन्दोलनका स्थगित एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) को बाँकी खेल यसै महिनाको अन्तिममा हुने भएको छ। पोखरामा इडब्लुभीको दोस्रो संस्करण जारी रहँदा भदौं २३ र २४ को आन्दोलनका कारण स्थगित भएको थियो। इडब्लुभीको बाँकी खेल काठमाडौं कात्तिक २६ देखि २९ (नोभेम्बर १२ देखि १५ ) गते सम्म पुनः सञ्चालन हुने […]