2 years ago
January 7, 2024
सुर्खेत (हाम्रो खेलकुद)- गण्डकी प्रदेशले सुर्खेतमा जारी ३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा लगातार दोस्रो खेल जितेको छ।

वीरेन्द्रनगरको खुलामञ्चको कोर्टमा आइतबार भएको दोस्रो खेलमा गण्डकीले मधेश प्रदेशलाई ३-० को सोझो सेटमा हराएको हो । गण्डकीले मधेशमाथि २५-११, २५-१९,२५-१३ को जित निकालेको हो ।
समूह ‘बी’मा गण्डकी र मधेश दुबैले आफ्नो पहिलो खेलमा सुदूरपश्चिम प्रदेशलाई हराएका थिए। समूहमा गण्डकीको ६, त्रिभुवन आर्मी क्लबको र कर्णालीको समान ३ , मधेशको २, सुदूरपश्चिमको १ अंक छ।
आजको पहिलो खेलमा नेपाल पुलिस क्लबले बागमती प्रदेशलाई ३-० २५-१०, २५-१३ र २५-१७ ले हराएको थियो । गत साता बाग्लुङमा बुकी कप को फाइनल खेलेको पुलिसले आफ्नो पहिलो खेलमा लुम्बिनी प्रदेशलाई ३-० ले हराएको थियो।
समूह ‘ए’मा बागमतीले भने लगातार तेस्रो हार बेहोरेको छ । बागमती पहिलो खेलमा लुम्बिनी र दोस्रो खेलमा कोशीसँग पराजित भएको थियो। एपिएफसँग मंगलबार हुने अन्तिम खेल अघि नै बागमती प्रतियोगिताबाट बाहिरिएको छ।
आजै एपिएफ र लुम्बिनी तथा आर्मी र सुदूर पश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ। लिग कम नकआउटपछि समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्।
नेपाल भलिबल संघको आयोजना र कर्णाली प्रदेश भलिबल संघको व्यवस्थापनमा भइरहेको प्रतियोगिताको फाइनल पुस २६ गते हुनेछ ।


November 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली टोलीले श्रीलंकामा जारी काभा महिला यु १९ च्याम्पियनसिपमा आज घरेलु टोलीलाई पराजित गरेको छ। नेपालले श्रीलंकालाई ३-१ ले हराएको थियो। नेपालले २५-१८,२६-२४,१९-२५,२५-२० विजयी भएको थियो। नेपालले आफ्नो पहिलो खेलमा कीर्गिस्तानसँग ३-२ ले पराजित भएको थियो। कीर्गिस्तान २२-२५,२५-१४,१८-२५,२५-२२,१५-९ विजयी भएको थियो। च्याम्पियनसिपमा ४ टोलीको मात्र सहभागिता छ। राउन्ड रोबिन लिगपछि अंक तालिकाको […]


November 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली टोलीले श्रीलंकामा जारी काभा महिला यु १९ च्याम्पियनसिपमा आज घरेलु टोलीको सामना गर्दै । नेपाल र श्रीलंकाबीचको खेल नेपाली समयअनुसार दिउँसो ४:१५ बजे सुरु हुनेछ। नेपालले आफ्नो पहिलो खेलमा कीर्गिस्तानसँग ३-२ ले पराजित भएको थियो। कीर्गिस्तान २२-२५,२५-१४,१८-२५,२५-२२,१५-९ विजयी भएको थियो। आज कीर्गिस्तान र माल्दिभ्सबीच पहिलो खेल हुनेछ। श्रीलंकाले आफ्नो पहिलो खेलमा […]


November 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- जन जी आन्दोलनका स्थगित एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) को बाँकी खेल यसै महिनाको अन्तिममा हुने भएको छ। पोखरामा इडब्लुभीको दोस्रो संस्करण जारी रहँदा भदौं २३ र २४ को आन्दोलनका कारण स्थगित भएको थियो। इडब्लुभीको बाँकी खेल काठमाडौं कात्तिक २६ देखि २९ (नोभेम्बर १२ देखि १५ ) गते सम्म पुनः सञ्चालन हुने […]