2 years ago
January 8, 2024
सुर्खेत (हाम्रो खेलकुद)- सुदूरपश्चिम प्रदेशले सुर्खेतमा जारी ३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा सान्त्वना जित हासिल गरेको छ।

वीरेन्द्रनगरको खुलामञ्चको कोर्टमा सोमबार भएको दोस्रो खेलमा सुदूरपश्चिम कर्णाली प्रदेशलाई ३-१ ले सेटमा हराएको थियो।
प्रतियोगितामा पहिलो जित हासिल गर्ने क्रममा सुदूरपश्चिमले प्रतिस्पर्धात्मक खेलमा कर्णालीलाई २५-२१,२१-२५, २५-१८ र २५-२३ ले हराएको थियो। यद्दपी सुदूरपश्चिम प्रतियोगिताबाट बाहिरिसकेको छ ।
एक खेल जितेको कर्णालीले अन्तिम खेलमा गण्डकी प्रदेशको सामना गर्नेछ। समूह ‘बी’मा गण्डकी र त्रिभुवन आर्मी क्लबको समान ६ अंक छ । सुदूरपश्चिमको ४, कर्णालीको ३ र मधेशको १ अंक छ ।
आर्मीले आज हुने खेलमा गण्डकीलाई हराएको अवस्थामा सेमिफाइनल पुग्ने सम्भावना जीवितै रहनेछ। त्यस्तो भएमा कर्णालीले गण्डकीलाई सोझो सेटमा हराउनु पर्ने हुन्छ ।
आजै भएको समूह ‘ए’ पहिलो खेलमा लुम्बिनी प्रदेशले कोशी प्रदेशलाई ३-१ ले हराएको थियो। दोस्रो खेल जित्ने क्रममा लुम्बिनीले कोशीलाई २५-१५,२१-२५,२५-१३ र २५-२१ ले हराएको थियो।
आज बाँकी दुई खेलमा साविक विजेता एपिएफ र नेपाल पुलिस क्लब र दिनको अन्तिम खेलमा आर्मी र गण्डकीबीच प्रतिस्पर्धा हुनेछ। समूहमा एपिएफ र पुलिसको समान ६ अंक छ। लुम्बिनी, बागमती र कोशी प्रतियोगिताबाट बाहिरिसकेको छ ।
लिग कम नकआउटपछि समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्। नेपाल भलिबल संघको आयोजना र कर्णाली प्रदेश भलिबल संघको व्यवस्थापनमा भइरहेको प्रतियोगिताको फाइनल पुस २६ गते हुनेछ ।
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]
December 6, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]