2 years ago
January 9, 2024
सुर्खेत (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले सुर्खेतमा जारी ३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको दोस्रो सेमिफाइनलमा अर्को विभागिय टोली त्रिभुवन आर्मी क्लबको सामना गर्ने भएको छ।

वीरेन्द्रनगरको खुलामञ्चको कोर्टमा मंगलबार कोशी प्रदेशलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस समूह ‘ए’ को उप विजेता बनेको छ ।
लिग चरणको तेस्रो खेल जित्ने क्रममा पुलिसले कोशीलाई २५-१५,२५-१९ र २५-११ ले हराएको थियो। कोशी यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको थियो। पुलिसले साविक विजेता एपिएफसँगको खेल गुमाएको थियो।
आजै एपिएफ र आर्मी आ आफ्नो समूहको विजेता बनेका छन् । वीरेन्द्रनगरको खुलामञ्चको कोर्टमा मंगलबार समूह ‘ए’ मा एपिएफले बागमती प्रदेशलाई र समूह ‘बी’ आर्मीले मधेशलाई समान ३-० ले हराउँदै आफ्नो समूहका विजेता हुन् ।
प्रतियोगिताका अपराजित यी दुई टोली सोमबार नै सेमिफाइनल पुगिसकेका थिए। दिनको पहिलो खेलमा एपिएफले बागमतीलाई २५-७,२५-१८ र २५-१३ ले हराएको थियो।
दिनको दोस्रो खेलमा आर्मीले मधेशलाई २५-२०, २५-१९ र २५-१४ ले पराजित गरेको थियो। एपिएफ र आर्मी दुबै टोली आजको खेलमा आफ्नो पहिलो रोजाइका खेलाडीलाई आराम दिएको थियो।
लिगका सबै ४ खेल हार्नेमा बागमती एक्लो टोली रह्यो ।
एपिएफ, पुलिस, कोशी र लुम्बिनी प्रदेश कुनै पनि टोली विरुद्ध बागमतीले एक सेट पनि जित्न सकेन ।
समूह ‘बी’ बाट सेमिफाइनल पुग्ने दोस्रो टोलीको निर्णय आज हुने गण्डकी प्रदेश र घरेलु टोली कर्णालीको खेलपछि टुंगो लाग्ने छ। यसअघि ३ खेलमा गण्डकीले २ खेल र कर्णालीले १ खेल जितेको थियो। कर्णालीले सोझो सेटले जित्ने बाहेक सबै खाले नतिजाले गण्डकी सेमिफाइनल पुग्नेछ।
समूह ‘बी’ को उपविजेताले बुधबार हुने पहिलो सेमिफाइनलमा एपिएफको सामना गर्नेछ। नेपाल भलिबल संघको आयोजना र कर्णाली प्रदेश भलिबल संघको व्यवस्थापनमा भइरहेको प्रतियोगिताको फाइनल पुस २६ गते हुनेछ ।
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]
December 6, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]