default_image

2 years ago

January 12, 2024

रिजन सव जुनियर ब्याडमिन्टनको‌ क्वाटरफाइनलमा

472 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबका रिजन थापा मगर र धन्यन्तरीका सत्यम कार्की योनेक्स सनराईज इनास सव जुनियर च्यालेन्ज कप ब्याडमिन्टन यु– १३ को अन्तिम ८ मा प्रवेश गरेका छन् ।

शुक्रबार भएको यु – १३ एकल तर्फको खेलमा रिजनले अन्तराष्ट्रिय ब्याडमिन्टन विकास केन्द्रका अक्षत ढुङ्गेललाई २१–१३‌र २१–८ ले र सत्यमले कास्कीका अमित थपालाई २१–१२, २१–१३ ले पराजित गर्दै क्वाटरफाइलनको‌ यात्रा तय गरेको थियो।

योनेक्सको नेपालका लागि आधिकारिक बिक्रेता इनासको आयोजनामा भएको प्रतियोगितामा स्र्पोट्स हवका सदीप राई, एपिएफका आरुष सिमखडा, तनहुका सफल भुजेल, कैलालीका रियान्स चौधरी, आर्मीका सुदेश राजकोटी र पुलिस स्कुलका प्रनिश कार्की पनि अन्तिम आठमा स्थान बनाउन सफल भएका छन् ।

सदीपले दीपक ब्याडमिन्टन एकेडेमीका डियोन भण्डारीलाई २१–१९, २१–५, आरुषले कैलालीका आदित्य चौधरीलाई २१–१५, २१–१६, सफलले कपिलबस्तुका राज घिमिरेलाई २१–७, २१–१४, रियान्सले आर्मीका दीप थिङ्गलाई २१–१३, २१–१४, सुदेशले महाबौद्ध क्लबका आरभ शाक्यलाई २१–५, २१–७ ले र प्रनिशले प्रिन्स थापा मगरबाट वाक ओभर प्राप्त गर्दै अन्तिम ८ मा स्थान बनाएका हुन् ।

December 4, 2025

अर्जुनधारा महिला भलिबलमा पुलिसको जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]

December 4, 2025

अर्जुनधारा महिला भलिबल- एपिएफको दोस्रो जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लबले दोस्रो जित निकालेको छ । आज भएको पहिलो प्रतिस्पर्धात्मक खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ सेटले पराजित गरेको हो । एपिएफ २५-१५,२२-२५,२५-१८,२५-१८ विजयी भएको हो । आर्मीले २२–२५ को सेट आफ्नो पक्षमा पारेको थियो । खेलको प्लेयर अफ द म्याच […]

December 3, 2025

अर्जुनधारा महिला भलिबल – एपिएफ र न्यु डायमन्ड विजयी

हिमाल खरेल, बिर्तामोड झापाको अर्जुनधारामा सुरु अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लब र न्यु डायमन्ड क्लब विजयी भएका छन् । आज भएको उद्घाटन खेलमा एपिएफले एभरेस्ट लुम्बिनी क्लबलाई हराएको हो । एपिएफले एभरेस्ट लुम्बिनीलाई ३-० को सोझो सेटमा हराएको हो । एपिएफले ११-२५, १५-२५ र २२-२५ को सेटमा पराजित गरेको हो । एपिएफकी नेविका […]

Success

Thank you for your time.