2 years ago
January 19, 2024
काठमाडौं (हाम्रो खेलकुद)–हेल्प नेपाल स्पोर्टस क्लब चौथो टाइगर कप भलिबल प्रतियोगिताको पुरुष तर्फ फाइनलमा प्रवेश गरेको छ ।
पोखरामा जारी प्रतियोगितामा शुक्रबार उत्कृष्ट पुनरागमन गर्ने क्रममा जेल नेपालले श्रीलंका आर्मी टिमलाई ३-१ ले हराएको थियो।
पोखरा रंगशालाको हाता भित्र रहेको भलिबल कार्टमा पहिलो सेट १८-२५ले गुमाएको हेल्प नेपालले त्यसपछि २५-१४,२५-१८ र २६-२४ को जित निकाल्दै फाइनल पुग्ने पहिलो टोलीले बनेको थियो।
साविक विजेता गण्डकी प्रदेश र एपिएफमध्येको एक टोलीसँग हेल्प नेपालले फाइनल खेल्नेछ। अर्को सेमिफाइनलमा आजै हुनेछ।
त्यसअघि त्रिभुवन आर्मी क्लबले टाइगर कप भलिबल प्रतियोगिता महिलातर्फ तेस्रो स्थान प्राप्त गरेको थियो ।
नेपाल पुलिस क्लबलाई ३–१ ले हराउँदै आर्मीले तेस्रो स्थान हासिल गरेको हो ।
पहिलो सेटमा २५–१७ को जित निकालेको आर्मीले दोस्रो सेट भने १८–२५ ले गुमाएको थियो । त्यसपछि तेस्रोमा २५–२० र चौथोमा २५–१९ को जित निकाल्दै आर्मीले तेस्रो स्थान प्राप्त गरेको हो ।
दुबैतर्फको फाइनल भने शनिबार हुनेछ । महिलातर्फको फाइनलमा साविक विजेता एपिएफ र चन्द्रागिरी नगपालिका न्यु डायमण्ड महिला टिमबीच प्रतिस्पर्धा हुनेछ । एपिएफले दुई पटक उपाधि जितिसकको छ भने न्यु डायमण्ड पहिलो पटक फाइनलमा पुगेको हो ।
महिला र पुरुष दुवै तर्फको विजेता टोलीले समान ५ लाख ५५ हजार ५ सय ५५, दोस्रो हुनेले २ लाख ५५ हजार ५ सय ५५ तथा तेस्रो हुनेले १ लाख २५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]