2 years ago
January 19, 2024
पोखरा (हाम्रो खेलकुद) – नेपाल भलिबल संघले सन् २०२४ मा दुई वटा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ । संघका अध्यक्ष जीतेन्द्रबहादुर चन्दको अध्यक्षतामा पोखरामा शुक्रबार बसेको संघको सातौं पूर्ण बैठकले अन्तर्राष्ट्रिय, राष्ट्रिय प्रतियोगितासहित विभिन्न कार्यक्रम आयोजना गरेको निर्णय गरेको छ ।
संघले २०२४ अगस्टमा काभा महिला नेसन्स लिग र नोभेम्बरमा काभा पुरुष क्लब च्याम्पियनसिप आयोजना गरेको निर्णय गरेको संघका एक पदाधिकारीले हाम्रो खेलकुदलाई जानकारी दिए । यसै वर्षको चैत १ देखि १० गते सम्म आठौं एनभिए महिला तथा पुरुष भलिबल च्याम्पिनयसिपको आयोजना गर्ने निर्णय पनि संघले गरेको छ । त्यस्तै संघले चैतको अन्तिममा एनभिए अवार्ड समारोह आयोजना गर्ने भएको छ ।

अवार्डमा २०७९ साल भर देश र विदेशमा भएका प्रतियोगिताको अध्ययन, नतिजा, संघसँग समन्वयमा गरेको प्रतियोगिताको मुल्याङकन गरि खेलाडी, प्रशिक्षक, संस्थाहरुलाई सम्मान गरिने बताइएको छ ।
माघ ७ गते भलिबल रेफ्रीहरुको राष्ट्रिय सम्मेलन आयोजना गर्ने र रेफ्री कमिशनलाई पूर्णता दिने पनि संघले निर्णय गरेको छ । चैतमा नै संघको आठौं पूर्ण बैठक मधेश प्रदेशको जनकपुरमा गर्ने संघले निर्णय लिएको छ । बैठकले महासचिव रोशन श्रेष्ठ र कोषाध्यक्ष श्याम श्रेष्ठको प्रतिवेदनलाई छलफलसहित पारित गरेको थियो ।

शाहसहित ३ जना उपाध्यक्ष मनोनित
संघले राष्ट्रिय भलिबल टोलीका पूर्व कप्तान भरतबहादुर शाहसहित ३ जनालाई संघको उपाध्यक्षमा मनोनयन गरेको छ ।
सातौं पूर्ण बैठकले शाहसहित युवराज श्रेष्ठ, श्रीराम बोगटीलाई उपाध्यक्षमा मनोनय गरेको हो ।

त्यस्तै ६ जनालाई सदस्यमा मनोनय गरेको छ । जसमा किशोर आचार्य, छ्यामबहादुर थापा, शैलेन्द्र्र शार्म, डम्बरबहादुर लिम्बु, रामशंकर चौधरी र निलम बज्राचार्य छन् । गत वर्ष संघको नयाँ कार्यसमिति चयन भएको थियो । सोही बैठकले पूर्व कप्तान रेशमबहादुर गुरुङ सल्लाहकार मनोनित गरेको छ ।
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]
December 6, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]