default_image

11 months ago

January 20, 2024

टाइगर कप भलिबल उपाधिमा एपिएफको‌ ह्याट्रिक

2362 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– एपिएफले टाइगर कप भलिबल प्रतियोगिताको महिलातर्फको‌ उपाधिमा ह्याट्रिक गरेको छ ।

चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला टिमलाई शनिबार फाइनलमा ३-० ले हराउँदै एपिएफले लगातार तेस्रो पटक उपाधि जितेको हो । पोखरा रंगशालाको भलिबल कोर्टमा एपिएफले २५-२०,२५-१८,२५-२१ ले खेल जितेको हो।

अघिल्ला ३ संस्करणमा एपिएफले दोस्रो र तेस्रोमा उपाधि जितेको थियो । पहिलो संस्करण अर्को विभागिय टोली नेपाल पुलिस क्लबले जितेको थियो । प्रतिभा मालीको कप्तानीमा रहेको न्यु डायमण्ड भने पहिलो पटक फाइनल खेलको हो । महिलातर्फ त्रिभुवन आर्मी क्लब र पुरुषतर्फ एपिएफ तेस्रो भएको थियो ।

आजै हुने पुरुषतर्फको फाइनलमा साविक विजेता गण्डकी प्रदेश र हेल्प नेपाल स्पोर्टस क्लबबीच प्रतिस्पर्धा हुँदैछ । उपाधि रक्षाको क्रममा रहेको गण्डकीमा यसपटक ३ भारतीय खेलाडी सम्मिलित छन् ।

पहिलो र तेस्रो संस्करणको च्याम्पियन गण्डकीले सेमिफाइनलमा एपिएफलाई हराएको थियो । दोस्रो संस्कणको उपाधि आर्मी क्लबले जितेको थियो । दोस्रो संस्करणको फाइनल खेलेको हेल्प नेपालले श्रीलंका आर्मीलाई हराउँदै यसपटक फाइनल पुगेको थियो ।

टाइगर ग्रुप अफ पोखराले आयोजना गरेको प्रतियोगिताको महिला र पुरुष दुवै तर्फको विजेता टोलीले समान ५ लाख ५५ हजार ५ सय ५५, दोस्रो हुनेले २ लाख ५५ हजार ५ सय ५५ तथा तेस्रो हुनेले १ लाख २५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् ।

December 2, 2024

एसियन प्यासिफिक सितोरियो करातेमा गुरुङ निर्वाचित

काठमाडौं (हाम्रो खेलकुद)- एसियन प्यासिफिक सितोरियो कराते महासंघको अध्यक्षमा दावा गुरुङ निर्वाचित भएका छन् । सिंगापुरमा आइतवार भएको बिशेष अधिवेशन ( कंग्रेस) मा नेपाल सितोरियो कराते संघका अध्यक्ष समेत रहेका गुरुङ निर्वाचित भएका हुन् । एसियन प्यासिफिकमा सहभागी २८ राष्ट्रमा खसेको २३ १८ मत प्राप्त गरि गुरुङ निर्वाचित भएको नेपाल सितोरियो कराते संघका प्रवक्ता गजेन्द्र […]

December 2, 2024

अदालतको अन्तरिम आदेश कार्यान्वयन गर्न एनओसीलाई राखेपको पत्र

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) ले विधान संशोधनका लागि मंगलवार विशेष साधारणसभा डाकेको छ । तर राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले उच्च अदालत पाटनको अन्तरिम आदेशलाई आधार मानेर साधारण सभा नगर्न सोमवार पत्राचार गरेको छ। विधान संशोधनका लागि तय भएको विशेष साधारण सभा गर्दा रिट निवेदकहरुको विचाराधिन मुद्धामा समेत प्रतिकूल असर पर्न सक्ने […]

December 2, 2024

काभा क्लब च्याम्पियन्सिप – गण्डकीबाट ३ भारतीयले खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेश भलिबल संघले यसै साता काठमाडौंमा सुरु हुने काभा पुरुष क्लब भलिबल च्याम्पियनसिप २०२४ को लागि अन्तिम टोली घोषणा गरेको छ । गण्डकीले खोम प्रसाद पाण्डे ‘हरि’ को कप्तानीमा ३ भारतीय खेलाडीलाई समेट्दै १४ सदस्यीय टोली घोषणा गरेको हो । यस्तै गण्डकीले विभागीय त्रिभुवन आर्मी क्लबका दुई खेलाडी सेटर दुर्गा […]

Success

Thank you for your time.