default_image

2 years ago

January 20, 2024

हेल्प नेपाल पहिलो पटक टाइगर कप च्याम्पियन

3169 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – हेल्प नेपाल स्पोर्टस क्लब पहिलो पटक टाइगर कप भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । दोस्रो पटक फाइनल खेलेको हेल्प नेपालले शनिबार घरेलु टोली गण्डकी प्रदेशलाई ३–१ को सोझो सेटमा पराजित गर्दै विजेता बन्न सफल भएको हो ।

अघिल्ला तीन मध्ये २ पटकको विजेता गण्डकी यसपटक फाइनलमा भने कमजोर देखियो । हेल्प नेपाल २५–१३,२५–१८, २४-२६ र २५-१७ले विजयी भएको थियो । तीन पाकिस्तानी खेलडीका साथ उत्रेको हेल्प नेपाल दोस्रो संस्करणको पनि फाइनलमा पुगेको थियो । त्यति बेला त्रिभुवन आर्मी क्लबसँग फाइनलमा पराजित भएको थियो ।

पहिलो र तेस्रो संस्करणको उपाधि गण्डकीले जितेको थियो । प्रतियोगिताको सबैभन्दा सफल टोली गण्डकीले यसपटक भारतका तीन खेलाडीलाई टोलीमा समेटे पनि फाइनलमा भने हेल्प नेपालको चुनौतीलाई पार गर्न सकेन। यसपटक सुरुवाती दुई सेटमा कमजोर देखिएको गण्डकी तेस्रो सेटबाट मात्र गण्डकी खेलमा फर्कने प्रयास गरेको थियो । चौथोमा पनि एक समय अगाडि रहेर पनि त्यसलाई जोगाउन असफल रह्यो ।

त्यसअघि एपिएफले टाइगर कपको महिलातर्फ उपाधिमा ह्याट्रिक गरको थियो । चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला टिमलाई शनिबार फाइनलमा ३–० ले हराउँदै एपिएफले लगातार तेस्रो पटक उपाधि जितेको हो । पोखरा रंगशालाको भलिबल कोर्टमा एपिएफले २५–२०,२५–१८,२५–२१ ले खेल जितेको थियो ।

अघिल्ला ३ संस्करणमा एपिएफले दोस्रो र तेस्रोमा उपाधि जितेको थियो । पहिलो संस्करण अर्को विभागिय टोली नेपाल पुलिस क्लबले जितेको थियो । प्रतिभा मालीको कप्तानीमा रहेको न्यु डायमण्ड भने पहिलो पटक फाइनल खेलको थियो ।

महिलातर्फ आर्मी र पुरुषतर्फ एपिएफ तेस्रो भएको थियो । आर्मीले शुक्रबार नेपाल पुलिस क्लबलाई हराउँदै तेस्रो स्थान प्राप्त गरेको थियो । एपिएफले शनिबार श्रीलंका आर्मीलाई ३–० ले हराउँदै तेस्रो स्थान प्राप्त गरेको थियो ।

टाइगर ग्रुप अफ पोखराले आयोजना गरेको प्रतियोगिताको महिला र पुरुष दुवै तर्फको विजेता टोलीले समान ५ लाख ५५ हजार ५ सय ५५, दोस्रो हुनेले २ लाख ५५ हजार ५ सय ५५ तथा तेस्रो हुनेले १ लाख २५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् । माघ १ गते देखि सन्चालित प्रतियोगिता दुबैतर्फ १÷१ विदेशीसहित समान ६ टोलीको सहभागिता थियो ।

December 6, 2025

भलिबल प्रशिक्षक राई झापामा १ लाखसहित सम्मानित

हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]

December 6, 2025

एपिएफ अर्जुनधारा महिला भलिबलको फाइनलमा

हिमाल खरेल, बिर्तामोड‌ नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]

December 6, 2025

अर्जुनधारा महिला भलिबलः पुलिस फाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]

Success

Thank you for your time.