2 years ago
January 20, 2024
काठमाडौं (हाम्रो खेलकुद) – एपिएफकी निरुता ठगुन्ना महिला र हेल्प नेपाल स्पोर्टस क्लबका पाकिस्तानी फखरउद्दिन पुरुषतर्फ चौथो टाइगर कप भलिबल प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् ।
सर्वोत्कृष्ट दुबैले समान २५ हजार ५ सय ५५ रुपैयाँसँगै ट्रफी र प्रमाण पत्र प्राप्त गरे । पुरुष र महिला दुवैतर्फकाे विद्यागत उत्कृष्टले जनही १० हजार ५ सय ५५ रुपैयाँसँगै ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।
एपिएफले टाइगर कपमा ह्याट्रिक गर्दा निरुताको प्रदर्शन उच्च रहेको थियो । उनी यो वर्षको पल्सर स्पोर्टस अवार्डको पिपल्स च्वाइस अवार्डको मनोनयनमा परेकी छिन् । चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला टिमलाई ३–० ले हराउँदै एपिएफ च्याम्पियन बनेको थियो ।
फखरउद्दिनसहित तीन पाकिस्तानी सम्मलित हेल्प नेपालले गण्डकी प्रदेशलाई ३–१ ले हराउँदै च्याम्पियन बनेको थियो । महिलातर्फ त्रिभुवन आर्मी क्लब र पुरुषतर्फ एपिएफ तेस्रो भएको थियो ।
टाइगर ग्रुप अफ पोखराले आयोजना गरेको प्रतियोगिताको महिला र पुरुष दुवै तर्फको विजेता हेल्प नेपाल र एपिएफले समान ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ, कप, मेडल र प्रमाण पत्र प्राप्त गरे । दोस्रो भएकाे गण्डकी र न्यु डायमण्डले समान २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ, कप, मेडल र प्रमाण पत्र प्राप्त गरे ।
यस्तै तेस्रो भएकाे एपिएफ आर्मीले समान १ लाख २५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गरे । माघ १ गते देखि सन्चालित प्रतियोगिता दुबैतर्फ १-१ विदेशीसहित समान ६ टोलीको सहभागिता रहेकाे थियो ।
चौथो टाइगर कप भलिबलमा
महिलातर्फ
सर्वोत्कृष्ट – निरुता ठगुन्ना (एपिएफ)
उत्कृष्ट
स्पाइकर– सरस्वती चौधरी (एपिएफ)
सर्भर – वालमिका आचार्य (न्यु डायमण्ड)
सेटर – जस्ना महतो (एपिएफ)
ब्लकर – सुनिता खड्का (आर्मी)
लिबेरो – सलिना श्रेष्ठ (न्यु डायमण्ड)
प्रशिक्षक – महेश चौधरी (एपिएफ)
पुरुषतर्फ
सर्वोत्कृष्ट – फखरउद्दिन (हेल्प नेपाल)
उत्कृष्ट
स्पाइकर – मजहर अली (हेल्प नेपाल)
सर्भर – हिमाल सुनारी (गण्डकी)
सेटर – मोहम्मद (हेल्प नेपाल)
ब्लकर – रामश्वामी अगामुटो (गण्डकी)
लिबेरो – ताेप बहादुर थापा ‘दीपक’ (हेल्प नेपाल)
प्रशिक्षक – उत्सव खड्का (हेल्प नेपाल)
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]
December 6, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]