default_image

2 years ago

January 25, 2024

ढोरपाटन महिला लिगमा ८ टोलीले प्रतिस्पर्धा गर्ने

1350 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– होङवाङ्जी ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसिपमा ८ टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

ढोरपाटन क्लबको आयोजनामा शुक्रबार सुरु हुने लिगमा एपिएफ, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला टिम, जावलाखेल भलिबल ट्रेनिङ क्लब, बागमती प्रदेश, धादिङ स्पोर्टस क्लब र एन्जल्स हार्ट रहेका छन् ।

पहिलो दिन ३ खेल हुनेछन् । पहिलो खेल बिहान १० बजे एपिएफ र बागमती, दोस्रो दिउँसो १२ः३० बजे न्यु डायमण्ड र जावलाखेल तथा तेस्रो खेल ३ः बजे पुलिस र आर्मीबीच हुने छ । पहिलो लिगको शीर्ष ६ स्थानमा रहने टोलीले दोस्रो लिगमा पुनः प्रतिस्पर्धा गर्ने ढोरपाटनले जनाएको छ ।

ढोरपाटनको १६ औं संस्करणको उत्कृष्ट खेलाडी र वर्षको उत्कृष्ट खेलाडीले एम्पियरको स्कुटर प्राप्त गर्नेछन् । गोगंबु बसपार्क नजिक डिभी मार्केटसँगैको कोर्टमा हुने लिगको हाम्रो खेलकुद र एक्सन स्पोर्टसले प्रत्यक्ष प्रसारण गर्नेछन् ।

प्रतियोगिताको विजेता टोलीले ५ लाख १ हजार, दोस्रो टोलीले २ लाख ५० हजार, तेस्रो टोलीले १ लाख २५ हजार, चौथो टोलीले ७५ हजार, पाँचौं टोलीले ५० हजार र छैटौं टोलीले २५ हजार रुपैयाँ प्राप्त गर्नेछ।

प्रतियोगिताको विधागत उत्कृष्ट खेलाडीले जनही ५ हजार रुपैयाँ र एक्सटेपको जुत्ता प्राप्त गर्नेछन् । चिरायु अस्पताल प्रतियोगिताको मेडिकल पार्टनर रहेको छ ।

December 6, 2025

भलिबल प्रशिक्षक राई झापामा १ लाखसहित सम्मानित

हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]

December 6, 2025

एपिएफ अर्जुनधारा महिला भलिबलको फाइनलमा

हिमाल खरेल, बिर्तामोड‌ नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]

December 6, 2025

अर्जुनधारा महिला भलिबलः पुलिस फाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]

Success

Thank you for your time.