2 years ago
January 26, 2024
काठमाडौं (हाम्रो खेलकुद)– टाइगर कप भलिबल प्रतियोगिताको महिलातर्फ ह्याट्रिक गरेर फर्केको एपिएफले होङवाङ्जी ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ ।

साविक विजेता समेत रहेको एपिएफले बागमती प्रदेशलाई ३-० को सोझो सेटमा हराएको थियो।
एपिएफ बागमतीलाई २५-४, २५-५ र २५- २ ले सजिलै हराएको हो ।

गोगंबु बसपार्क नजिक डिभी मार्केटसँगैको कोर्टमा शुक्रबार सुुरु भएको लिगको पहिलो खेलमा पुलिसले जावलाखेल भलिबल ट्रेनिङ क्लबलाई ३-० ले हराएको छ।
नियमित कप्तान कमला पुन, उषा भण्डारी र कामना विष्ट विना उत्रेको पुलिसले २५-१०,२५-१२ र २५-४ ले सहजै खेल जितेको थियो। पुलिसकी कोपिला राना प्लेयर अफ दि म्याच घोषित भएकी थिइन् ।
ढोरपाटन क्लबले आयोजना गरेको लिगमा एपिएफ, बागमती, पुलिस , जावलाखेल, त्रिभुवन आर्मी क्लब, चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला टिम, धादिङ स्पोर्टस क्लब र एन्जल्स हार्ट गरि ८ टोलीको सहभागिता रहेकाे छ ।
आज अर्को खेलमा न्यु डायमण्ड र आर्मीबीच प्रतिस्पर्धा हुनेछ । पहिलो लिगको शीर्ष ६ स्थानमा रहने टोलीले दोस्रो लिगमा पुनः प्रतिस्पर्धा गर्ने ढोरपाटनले जनाएको छ । ढोरपाटनको १६ औं संस्करणको उत्कृष्ट खेलाडी र वर्षको उत्कृष्ट खेलाडीले एम्पियरको स्कुटर प्राप्त गर्नेछन् ।
प्रतियोगिताको विजेता टोलीले ५ लाख १ हजार, दोस्रो टोलीले २ लाख ५० हजार, तेस्रो टोलीले १ लाख २५ हजार, चौथो टोलीले ७५ हजार, पाँचौं टोलीले ५० हजार र छैटौं टोलीले २५ हजार रुपैयाँ प्राप्त गर्नेछ।
प्रतियोगिताको विधागत उत्कृष्ट खेलाडीले जनही ५ हजार रुपैयाँ र एक्सटेपको जुत्ता प्राप्त गर्नेछन् । चिरायु अस्पताल प्रतियोगिताको मेडिकल पार्टनर रहेको छ।
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]
December 6, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]