2 years ago
February 18, 2024
काठमाडौं (हाम्रो खेलकुद) – तीन महिला खेलाडीले इराकको बगदादमा हुने आर्चरीको एसिया कप २०२४ स्टेज–वानमा भाग लिने भएका छन् ।
प्रतियोगिता मंगलबारदेखि ६ दिनसम्म चल्ने र त्यो विश्व वरीयताको प्रतियोगिता रहेको बताइएको छ । सहभागी हुने खेलाडीमा अनुसका शेरचन, गंगा तुम्बापो र तुल्सी थापा छन् । नेपाल आर्चरी संघका अध्यक्ष समेत रहेका दीपकराज गुरुङ टोलीको प्रशिक्षक रहेका छन् ।
नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले आइतबार टोलीको विदाई गरेका थिए । एनओसी अध्यक्ष श्रेष्ठले खेलाडीलाई राम्रो प्रदर्शनका लागि शुभकामना व्यक्त गरे ।
पेरिस ओलम्पिक्सका लागि जुलाईमा आर्चरीको छनोट हुनेछ र त्यस अगाडि यो प्रतियोगिता त्यसको तयारीमा रूपमा रहनेछ ।त्यस कार्यक्रममा एनओसी सदस्य तथा नेपाल आर्चरी संघका महासचिव रमेश सिवाकोटी र संघका सचिव योगेन्द्र शेरचनको उपस्थिति थियो ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]