default_image

8 months ago

February 28, 2024

दुई खेलाडीले बक्सिङको ओलम्पिक छनोट खेल्ने

455 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– दुई नेपाली बक्सरले इटालीको मिलानमा हुने प्रथम विश्व ओलम्पिक बक्सिङ छनोट प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन् ।

पेरिस ओलम्पिक छनोटको आधार रहेको प्रतियोगिताको पुरुष ५१ केजीमा चन्द्रबहादुर थापा र महिला ५४ केजीमा अन्जली तेलीले प्रतिस्पर्धा गर्ने नेपाल बक्सिङ महासंघले जनाएको छ । अन्जली आइबा महिला विश्व बक्सिङ च्याम्पियनसिपमा क्वाटरफाइनल पुगेर नेपाली बक्सिङमा इतिहास रचेकी खेलाडी हुन् ।

प्रचण्ड शमौ टोलकिो प्रशिक्षक र महासंघका महासचिव मानबहादुर भण्डारी टोलीको व्यवस्थापक रहेका छन् । फागुन २० देखि २८ गते सम्म हुने प्रतियोगितामा भाग लिन ४ सदस्यीय टोली बिहीबार त्यसतर्फ जाने । सन् १९९२ बार्सिलोना ओलम्पिक पछि नेपाली खेलाडीले ओलम्पिकमा भाग लिएका छैनन् ।

बक्सिङ महासंघका उपाध्यक्ष श्यामकाजी अवालेले ५ महादेशबाट ६८ पुरुष र ७५ महिला खेलाडी पेरिस ओलम्पिकका लागि छनोट भइसकेको जनाएका छन् । इटालीको प्रतियोगिताबाट २८ पुरुष र २१ महिला खेलाडी पेरिस ओलम्पिकका लागि छनोट हुनेछन् ।

उपाध्यक्ष अवालेका अनुसार पदक प्राप्त गर्ने खेलाडीले पेरिस ओलम्पिकका लागि छनोट हुने छन् । इटालीपछि पनि पेरिस ओलम्पिकका लागि अझै एक छनोट प्रतियोगिता हुनेछ । त्यो प्रतियोगिता थाइल्यान्डको बैंककमा मे महिनामा हुने तालिका छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्य–सचिव घिसिङले भने– ‘नेपालले ओलम्पिकको बक्सिङमा सहभागिता नजनाएको ३२ वर्ष भएछ । यो लामो समय हो । सायद अबको समय तपाईं दुई जनाको हुन सक्छ । उत्कृष्ट प्रदर्शन गरेर आफूलाई प्रमाणित गरी इतिहास रच्नुस् । शुभकामना छ ।’

सदस्य–सचिव घिसिङले पेरिस ओलम्पिकका लागि परिषद्ले नयाँ ढंगले तयारी अगाडि बढाउने बताए । राखेप सदस्य–सचिव घिसिङ, बक्सिङ महासंघका अध्यक्ष राम अवाले, राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टलगायतले टोलीको बुधबार बिदाइ गरे ।

October 23, 2024

खेलकुद प्रसारणको व्यवसायीकरणमा पछाईको पहल

काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा समूहगत खेल लोकप्रिय छन् । मुख्यतः फुटबल, भलिबल पहिला देखि नै र पछिल्लो एक दशकमा क्रिकेट निकै लोकप्रिय खेलमा पर्दछ । यि तीन खेलको फ्यान फलोइङमा पनि उत्तिकै छ । केहि समय अघि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा विश्वकप लिग-२ का खेलमा देखिएको दर्शकको तस्वीरलाई विश्वभरका सन्चारमाध्यममा चर्चाको विषय बनेको थियो […]

October 23, 2024

वीर गणेशमान सिंह राष्ट्रिय टेनिस – कायन र निम्ती विजयी

काठमाडौं (हाम्रो खेलकुद) – कायन चालिसे र निम्ती कुवँर चौथो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगितामा यु–८ सिंगल्समा बुधबार च्याम्पियन भएका छन् । सातदोबाटोस्थित नेपाल टेनिस संघको कोर्टमा जारी प्रतियोगितामा बुधवार यु–८ उमेरसमूहमा कायन ब्वाइज र निम्ती गल्र्सतर्पm च्याम्पियन भएका हुन् । कायनले फाइलनमा टोनिस श्रेष्ठलाई १०–७ र १०–३ ले हराए । निम्तीले भने अमिरा […]

October 23, 2024

नवीन राष्ट्रिय र्‍यापिड चेस च्याम्पियन

कञ्चनपुर (हाम्रो खेलकुद)- काठमाडौंका सिएम नवीन तण्डुकारले दोश्रो राष्ट्रिय र्‍यापिड रेटिङ बुद्धिचालको उपाधि जितेका छन्। महिलामा पोखराकी पुजा भण्डारी विजयी भइन् ।  प्रतियोगिता अन्तर्गत १९३२ रेटेड सिएम नविनले ८ खेलमा जित दर्ता गर्दै ८ अंकका साथ राष्ट्रिय र्‍यापिड च्याम्पियन बनेका छन्। नविनले उपाधि संगै ३० हजार रुपैयाँ प्राप्त गरेका छन्।  कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिकामा सम्पन्न प्रतियोगितामा […]

Success

Thank you for your time.