2 years ago
March 3, 2024
काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले प्रथम मदन भण्डारी कप राष्ट्रिय महिला हक्की प्रतियोगिताको उपाधि जितेको छ ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा आइतबार भएको फाइनलमा आर्मीले आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीलाई ४–२ गोलले हरायो । रोचक खेलको पहिलो हाफमा दुवै पक्षबाट गोल हुन सकेन ।
आर्मीको जितमा सितामाया बल र सिमा खड्काले समान २ गोल गरे । सिता ले ३८औं र ५८औँ तथा सिमताले ४२औं र ५४औं मिनेटमा गोल गरिन् । एकेडेमीका लागि मधु राईले ४८औं र ४९औं मिनेटमा गोल गरिन् । उपाधिसँगै आर्मीले १ लाख ५० हजार रुपैयाँ र एकेडेमीले १ लाख रुपैयाँ प्राप्त गर्यो ।
फाइनल खेलमा आर्मीकी सितामाया बल ‘प्लेयर अफ दि म्याच’ घोषित भइन् । सिताले ५ हजार रुपैयाँ पुरस्कार पाइन् । सर्वोत्कृष्ट खेलाडीको उपाधि आर्मीकी सरस्वती तामाङले प्राप्त गरिन् ।
आर्मीकी कुश्मा राना मगर उत्कृष्ट गोलकिपर र आयोजककी सपना सिंह उत्कृष्ट डिफिन्डेर चुनिइन् । लुम्बिनी प्रदेशकी अनन्य बर्णवाल उदयीमान खेलाडी ठहरिन् । उत्कृष्टले जनही १० हजार रुयैयाँ प्राप्त गरे ।
आर्मीकी सितामाया बल, आयोजकककी मधु राई र सुदूरपश्चिम प्रदेशकी बुलबुल कुमारी संयुक्त रुपमा सर्वाधिक गोल कर्ता बने । प्रतियोगिताभर उनीहरुले समान ८ गोल गरेका थिए ।
प्रतियोगितामा सुदूरपश्चिम प्रदेश तेस्रो भएको छ । सुदूरपश्चिमले लुम्बिनी प्रदेशलाई ५–० गोलले हराएको थियो । तेस्रो भएको सुदूरपश्चिमले ५० हजार रुपैयाँ पुरस्कार पायो ।
विजेतालाई नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल, मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष ध्रुब आचार्य, एकेडेमीकी उपमहासचिव सुवर्ण श्रेष्ठ, नेपाल हक्की संघका अध्यक्ष अनिल शर्मालगायतले पुरस्कृत गरे ।
फागुन १४ गतेदेखि सुरु प्रतियोगितामा कर्णाली बाहेक ६ प्रदेश, आर्मी र आयोजक एकेडेमी गरी ८ टोलीले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लबले दोस्रो जित निकालेको छ । आज भएको पहिलो प्रतिस्पर्धात्मक खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ सेटले पराजित गरेको हो । एपिएफ २५-१५,२२-२५,२५-१८,२५-१८ विजयी भएको हो । आर्मीले २२–२५ को सेट आफ्नो पक्षमा पारेको थियो । खेलको प्लेयर अफ द म्याच […]
December 3, 2025
हिमाल खरेल, बिर्तामोड झापाको अर्जुनधारामा सुरु अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लब र न्यु डायमन्ड क्लब विजयी भएका छन् । आज भएको उद्घाटन खेलमा एपिएफले एभरेस्ट लुम्बिनी क्लबलाई हराएको हो । एपिएफले एभरेस्ट लुम्बिनीलाई ३-० को सोझो सेटमा हराएको हो । एपिएफले ११-२५, १५-२५ र २२-२५ को सेटमा पराजित गरेको हो । एपिएफकी नेविका […]