default_image

2 years ago

March 29, 2024

पिंक केयरएथन अर्को महिना हुने

634 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- महिलाहरुको स्वास्थ्य एवं फिटनेशमा सचेतना जगाउने उद्देश्यले अर्को महिना ‘काठमाडौं पिंक केयरएथन’ हुने भएको छ ।

लेजर पोर्ट नेपालले नेपाल प्रहरी श्रीमती संघसँगको सहकार्यमा वैशाख ८ गते केयरएथन गर्न लागेको हो । काठमाडौं पिंक केयरएथनमा महिलाहरुको दौड, जुम्बालगायतका विभिन्न कार्यक्रम आयोजना हुनेछ ।

यस पटकको कार्यक्रममा ३ किलोमिटर, ५ किलोमिटर र १० किलोमिटरको दौड समावेश गरिएको जनाइएको छ। जुनसुकै उमेर समुहका महिलाहरुले सहभागिता जनाउन सक्ने इभेन्टको मुख्य उद्देश्य सधै घरायशी काम र दैनिकीमा व्यस्त रहने महिलाहरुलाई आफ्नो स्वास्थ्यको लागि पनि समय निकाल्न प्रेरित गर्नु रहेको आयोजक संस्था लेजर पोर्ट नेपालका अध्यक्ष नमराज जोशीले बताए ।

शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा पिंक केयरएथनमा यसपटक झन्डै ३ हजार महिलाहरु सहभागि हुने अपेक्षा गरिएको बताइयो ।

नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी पराजुली कुँवरले यस कार्यक्रमले महिलाहरुलाई आफ्नो र आफ्नो परिवारको स्वस्थ जिवनशैली अपनाउन प्रोत्साहित गर्ने बताइन् ।

सहभागी हुन चाहने महिलाहरुले इसेवाबाट नाम दर्ता गर्न सक्ने बताइएको छ। लेजर पोर्टले सन् २०१७ देखि २०१९ सम्म तिन वर्ष काठमाडौं पिंकाथन आयोजना गरेको थियो । त्यसपछि कोभिड महामारी र कारणले रोकिएको यो वर्ष पुनः आयोजना हुने लागेको हो।

December 19, 2025

एनओसीबाट १४ खेलाडीलाई छात्रवृत्ति प्रदान

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) ले एलए ओलम्पिक, एसियाली खेलकुद र युथ ओलम्पिकका गरि १४ खेलाडीलाई छात्रवृत्ति प्रदान गरेको छ। सन् २०२८ मा हुने एल‌ए ओलम्पिक‌का लागि विभिन्न ८ खेलका समान खेलाडीले छात्रवृत्ति प्राप्त गरेका छन्। एल‌ए ओलम्पिक‌सम्मका लागि तयारीका लागि मासिक १ हजार १ सय २५ अमेरिकी डलर प्राप्त गर्नेछन्। यसरी ओलम्पिक […]

December 18, 2025

ह्विलचेयर रग्बीमा बिआइए इन्स्टिच्युट विजयी

काठमाडाैं (हाम्रो खेलकुद)- आयोजक बिआइए इन्स्टिच्युटले पहिलोपटक आयोजना भएको ह्विलचेयर रग्बी मैत्रीपूर्ण प्रतियोगिताको उपाधि जितेको छ। बौद्धस्थित डाउनटाउनमा बिहीवार भएको खेलमा बिआइएले स्पाइनल इन्जरी संघ नेपाललाई ५-३ स्कोरले हराउँदै उपाधि हात पारेको हो। गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५, नेपाल रग्बी संघ तथा नेपाल स्पाइनल कर्ड इन्जरी संघको सहयोगमा सम्पन्न यो प्रतियोगिता नेपालमा ह्विलचेयर रग्बी खेलको […]

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

Success

Thank you for your time.