2 years ago
March 29, 2024
काठमाडौं (हाम्रो खेलकुद)- महिलाहरुको स्वास्थ्य एवं फिटनेशमा सचेतना जगाउने उद्देश्यले अर्को महिना ‘काठमाडौं पिंक केयरएथन’ हुने भएको छ ।
लेजर पोर्ट नेपालले नेपाल प्रहरी श्रीमती संघसँगको सहकार्यमा वैशाख ८ गते केयरएथन गर्न लागेको हो । काठमाडौं पिंक केयरएथनमा महिलाहरुको दौड, जुम्बालगायतका विभिन्न कार्यक्रम आयोजना हुनेछ ।
यस पटकको कार्यक्रममा ३ किलोमिटर, ५ किलोमिटर र १० किलोमिटरको दौड समावेश गरिएको जनाइएको छ। जुनसुकै उमेर समुहका महिलाहरुले सहभागिता जनाउन सक्ने इभेन्टको मुख्य उद्देश्य सधै घरायशी काम र दैनिकीमा व्यस्त रहने महिलाहरुलाई आफ्नो स्वास्थ्यको लागि पनि समय निकाल्न प्रेरित गर्नु रहेको आयोजक संस्था लेजर पोर्ट नेपालका अध्यक्ष नमराज जोशीले बताए ।
शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा पिंक केयरएथनमा यसपटक झन्डै ३ हजार महिलाहरु सहभागि हुने अपेक्षा गरिएको बताइयो ।
नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी पराजुली कुँवरले यस कार्यक्रमले महिलाहरुलाई आफ्नो र आफ्नो परिवारको स्वस्थ जिवनशैली अपनाउन प्रोत्साहित गर्ने बताइन् ।
सहभागी हुन चाहने महिलाहरुले इसेवाबाट नाम दर्ता गर्न सक्ने बताइएको छ। लेजर पोर्टले सन् २०१७ देखि २०१९ सम्म तिन वर्ष काठमाडौं पिंकाथन आयोजना गरेको थियो । त्यसपछि कोभिड महामारी र कारणले रोकिएको यो वर्ष पुनः आयोजना हुने लागेको हो।
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लबले दोस्रो जित निकालेको छ । आज भएको पहिलो प्रतिस्पर्धात्मक खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ सेटले पराजित गरेको हो । एपिएफ २५-१५,२२-२५,२५-१८,२५-१८ विजयी भएको हो । आर्मीले २२–२५ को सेट आफ्नो पक्षमा पारेको थियो । खेलको प्लेयर अफ द म्याच […]
December 3, 2025
हिमाल खरेल, बिर्तामोड झापाको अर्जुनधारामा सुरु अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लब र न्यु डायमन्ड क्लब विजयी भएका छन् । आज भएको उद्घाटन खेलमा एपिएफले एभरेस्ट लुम्बिनी क्लबलाई हराएको हो । एपिएफले एभरेस्ट लुम्बिनीलाई ३-० को सोझो सेटमा हराएको हो । एपिएफले ११-२५, १५-२५ र २२-२५ को सेटमा पराजित गरेको हो । एपिएफकी नेविका […]