default_image

2 years ago

April 5, 2024

झापा स्पोर्टस अवार्डको मनोनयन सार्वजनिक

792 views

0 Bookmark

बिर्तामोड (हाम्रो खेलकुद) – झापा स्पोर्टस् अवार्ड २०७९ को मनोनयनमा परेका खेल प्रतिभा सार्वजनिक गरिएको छ ।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) जिल्ला समन्वय शाखा झापाले बिहीबार बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै अवार्डको पाँचौँ संस्करणको मनोनयनमा परेका पाँच विधाका खेल प्रतिभा सार्वजनिक गरेको हो ।

झापा स्पोर्टस् अवार्डको पाँचौँ संस्करणका लागि विभिन्न पाँच विधाका प्रत्येक विधामा समान ३ जना र तीन विधामा छनोट समितिले प्रतिभाको लोकप्रियताको आधारमा समान १ जना सिधै छनोट गरेको प्रतिभा छनोट समितिका संयोजक चिरञ्जीवी घिमिरेले जानकारी दिए ।

वर्ष उत्कृष्ट खेलाडी पुरुषको मनोनयमा आइटिएफ तेक्वान्दोका रोशन मगर, पौडीका प्रारम्भ भण्डारी र फुटबलका अनन्त तामाङ रहेका छन् । वर्ष उत्कृष्ट खेलाडी महिला बक्सिङकी त्रिशा जवेगू, कबड्डीकी अनुजा कुलुङ राई र टेबल टेनिसकी सिक्का सुवाल श्रेष्ठ छिन् ।

त्यस्तै, वर्ष उत्कृष्ट खेलाडी युवा को मनोनयमा प्रारम्भ भण्डारी (पौडी), कृतिसरा अधिकारी (बुद्धिचाल) र योगिता काम्बाङ (आर्चरी) तथा पिपल्स च्वाइस खेलाडीमा रुविना क्षेत्री (क्रिकेट), विनिता बुढाथोकी (भलिबल) र सुस्मिता राई (बक्सिङ) छन् ।

वर्ष उत्कृष्ट प्रशिक्षकमा बक्सिङका डम्बर लिम्बू , आइटिएफ तेक्वान्दोका नविन तामाङ र बुद्धिचालका भूपेन्द्र निरौला मनोनयमा परेका छन् ।

वर्ष खेलाडी पुरुष र महिलाको विजेताले समान १ लाख रुपैयाँ र ट्रफी, वर्ष खेलाडी युवा, पिपल्स च्वाइस खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षकले समान २५ हजार रुपैयाँ र ट्रफी प्रदान प्राप्त गर्ने मञ्चका अध्यक्ष इन्द्रजीत मुखियाले जानकारी दिए ।

त्यस्तै, स्पेशल अचिभमेन्ट अवार्डका खेल प्रतिभालाई २५ हजार रुपैयाँ र ट्रफी, उत्कृष्ट खेल पत्रकारलाई ३५ हजार रुपैयाँ र ट्रफी तथा लाइफ टाइम्स अचिभमेन्ट अवार्डस्वरुप एकजनालाई ५० हजार रुपैयाँ र ट्रफी प्रदान गरिने बताइएको छ ।

स्पेशल अचिभमेन्ट, उत्कृष्ट खेल पत्रकार र लाइफ टाइम्स अचिभमेन्ट अवार्डका प्रतिभाको नाम अवार्डको दिन घोषणा गरिनेछ । पिपल्स च्वाइस खेलाडीको विजेताको छिनोफानो भने एनएसजेएफ झापाको आधिकारिक फेसबुक पेजमा गरिने भोटिङबाट गरिनेछ ।

झापा स्पोर्टस् अवार्डको पाँचौँ संस्करण चैत २९ गते बिहीबार बिर्तामोडको बिर्तामोड सिटी सेन्टरस्थित साई पार्टी प्यालेसमा हुनेछ । अवार्डमा २०७९ सालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त झापा जिल्लाका खेलाडी र प्रशिक्षकलाई मञ्चले सहभागी गराएको कार्यक्रम संयोजक हिमाल खरेलले जानकारी दिए ।

December 6, 2025

भलिबल प्रशिक्षक राई झापामा १ लाखसहित सम्मानित

हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]

December 6, 2025

एपिएफ अर्जुनधारा महिला भलिबलको फाइनलमा

हिमाल खरेल, बिर्तामोड‌ नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]

December 6, 2025

अर्जुनधारा महिला भलिबलः पुलिस फाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]

Success

Thank you for your time.