default_image

2 years ago

April 5, 2024

विश्व मुवाँथाइका पदक विजेता नगदसहित सम्मानित

1350 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – थाइल्यान्डको बैंककमा भएको १९ औं मुवाँथाई विश्व च्याम्पियनसिपमा पदक जितेका खेलाडी मंगलबार नगदसहित सम्मानित भएका छन् । नेपाल राष्ट्रिय मुवाँथाई संघले आफ्ना खेलाडीलाई सम्मान गरेको हो ।

नेपाली खेलाडीले मार्च १२ देखि २० तारिखसम्म भएको प्रतियोगितामा १ एतिहासिकसहित २ स्वर्ण, २ रजत र १ कांस्य पदक जितेका थिए । गुणराज रुचालले सेमी प्रोको पुरुष ५४ केजीमा इटालीका ग्राभियल ओलारिउलाई पराजित गरी स्वर्ण पदक जितेका थिए । विश्व च्याम्पियनसिपको सेमी प्रोमा कुनैपनि नेपाली मुवाँथाई खेलाडीले स्वर्ण पदक जितेको यो पहिलो अवसर हो ।

विश्व च्याम्पियनसिपको व्यक्तगत आठौं सहभागितामा गुणराज स्वर्ण पदक जित्न सफल भएका हुन् । गुणराजको उपलब्धी मुवाँथाईमा कुनैपनि नेपाली खेलाडीले हासिल गरेको अहिलेसम्मकै उच्च हो । यसअघि पलिस्था कक्षपतिले सन् २०१९ तथा सञ्जय राईले २०१७ मा भएको विश्व च्याम्पियनसिको एमेच्यारेतर्फ स्वर्ण पदक जितेका थिए ।

विश्व च्याम्पियनसिपको १९ औं संस्करणमै परिका बतासले पनि स्वर्ण पदक जितेकी थिइन् । एमेच्योरतर्फ महिला ४५ केजीमा परिकाले तीनपटककी विश्व च्याम्पियन मरिसियसकी रानीनी कुन्डास्वामीलाई पराजित गरी स्वर्ण जितेकी थिइन् । एमेच्यारतर्फ पुरुष ५१ केजीमा सुशिल शाह ठकुरी र सञ्जय राईले रजत तथा ५७ केजीमा गुमान घर्ती मगरले कांस्य जितेका थिए ।

गुणराजलाई १ लाख, परिकाले ५० हजार तथा सुशिल, सञ्जय र गुमानले समान १० हजार रुपैयाँसहित प्रशंसा पत्र प्रदान गरिएको थियो । उनीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल राष्ट्रिय मुवाँथाई संघका अध्यक्ष गणेशलाल कक्षपतिलगायतले सम्मान गरे । सोही अवसरमा प्रशिक्षकद्वय राहुल मोक्तान र विगेन दराइ पनि समान १० हजार रुपैयाँ नगद र प्रशंसासहित सम्मानित भए ।

December 6, 2025

भलिबल प्रशिक्षक राई झापामा १ लाखसहित सम्मानित

हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]

December 6, 2025

एपिएफ अर्जुनधारा महिला भलिबलको फाइनलमा

हिमाल खरेल, बिर्तामोड‌ नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]

December 6, 2025

अर्जुनधारा महिला भलिबलः पुलिस फाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]

Success

Thank you for your time.