2 years ago
April 9, 2024
गोखरा (हाम्रो खेलकुद) – गोरखा जिल्लाका भलिबलका अन्तर्राष्ट्रिय रेफ्री र खेलाडीहरु सम्मानित भएका छन् ।
जिल्ला भलिबल संघ गोरखाको आयोजना सुरु भएको प्रथम गोरखा जिल्ला अन्तरपालिका स्तरिय पुरुष तथा महिला भलिबल प्रतियोगिताको उद्घाटनका अवसरमा रेफ्री र खेलाडी सम्मानित भएका हुन् ।
एभिसी रेफ्री विकास गुरुङ तथा अन्तर्राष्ट्रिय भलिबल खेलाडी समेत रहेका त्रिभुवन आर्मी क्लबका धनबहादुर भट्ट, रामचन्द्र कुमाल र दीपबहादुर खड्कालाई जिल्ला भलिबल संघ गोरखाले सम्मान गरेको हो ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले रेफ्री र खेलाडीलाई सम्मान गरेका थिए । सो अवसरमा नेपाल ओलम्पियन्स संघका अध्यक्ष दीपक विष्टको पनि उपस्थिति रहेको थियो ।
December 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) ले एलए ओलम्पिक, एसियाली खेलकुद र युथ ओलम्पिकका गरि १४ खेलाडीलाई छात्रवृत्ति प्रदान गरेको छ। सन् २०२८ मा हुने एलए ओलम्पिकका लागि विभिन्न ८ खेलका समान खेलाडीले छात्रवृत्ति प्राप्त गरेका छन्। एलए ओलम्पिकसम्मका लागि तयारीका लागि मासिक १ हजार १ सय २५ अमेरिकी डलर प्राप्त गर्नेछन्। यसरी ओलम्पिक […]
December 18, 2025
काठमाडाैं (हाम्रो खेलकुद)- आयोजक बिआइए इन्स्टिच्युटले पहिलोपटक आयोजना भएको ह्विलचेयर रग्बी मैत्रीपूर्ण प्रतियोगिताको उपाधि जितेको छ। बौद्धस्थित डाउनटाउनमा बिहीवार भएको खेलमा बिआइएले स्पाइनल इन्जरी संघ नेपाललाई ५-३ स्कोरले हराउँदै उपाधि हात पारेको हो। गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५, नेपाल रग्बी संघ तथा नेपाल स्पाइनल कर्ड इन्जरी संघको सहयोगमा सम्पन्न यो प्रतियोगिता नेपालमा ह्विलचेयर रग्बी खेलको […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]